शिखरन्यूजका ‘टप १०’ समाचार : तपाईंले छुटाउनुभयो कि ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १३, २०७४
|
|
४३ पटक हेरिएको
Shares
शिखरन्यूजका ‘टप १०’ समाचार : तपाईंले छुटाउनुभयो कि ?

सारांश

  • आज पुस १३ गते अर्थात बिहीबार दिनभर शिखरन्जमा सयौं समाचार अपटेड भए ।
  • देश विदेशमा विभिन्न घटनाहरु घटे ।
  • शिखरन्यूजले १२ घण्टामा घटेका घटनाहरुलाई समाचारमार्फत प्रकाशन गर्यो ।

आज पुस १३ गते अर्थात बिहीबार दिनभर शिखरन्जमा सयौं समाचार अपटेड भए । देश विदेशमा विभिन्न घटनाहरु घटे । शिखरन्यूजले १२ घण्टामा घटेका घटनाहरुलाई समाचारमार्फत प्रकाशन गर्यो । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१.  आरजुकै लागि देउवाले लिए यस्तो अडान ? ओलीले कसको लागि ?

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारद्वारा तयार पारिएको अध्यादेश राष्ट्रपतिबाट तत्काल स्वीकृत भई सोही बमोजिम निर्वाचन (एकल संक्रमणीय) हुनुपर्ने अड्डी कस्दै आएका छन् । यो अड्डी कसको लागि कसिरहेका छन् त देउवाले ?

राष्ट्रिय सभाको निर्वाचन प्रक्रियासम्बन्धी विषयलाई लिएर मुलुकमा तनाव उत्पन्न भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली आ–आफ्नो अडानमा कायम रहनुको कारण खोजी हुन थालेको छ ।

२. ‘नो मोर’ एमाले, ‘नो मोर’ माओवादी केन्द्र : ईश्वर पोखरेल

नेकपा एमाले महासचिव तथा पार्टी एकता संयोजन समितिका सदस्य ईश्वर पोखरेलले अब एमाले र माओवादी दुबै पार्टी बाँकी नरहने बताएका छन् । बिबिसी नेपालीसँगका अन्तर्वार्तामा उनले एकीकरणपछि नयाँ राजनीतिक दल बन्ने भन्दैं एमाले र माओवादी बाँकी नहरने बताए ।

‘एकता हुनु भनेको नो मोर एमाले नो मोर माओवादी हो। यसबाट नयाँ पार्टी बन्ने हो। एकता प्रक्रियापछि एमाले भएर सोच्न चाहान्न, माओवादी केन्द्रमा मानिसले पनि माओवादी केन्द्र भएर सोच्न जरुरी छैन। नयाँ दलको जिम्मेवार नेताहरुको रुपमा सबैले सोच्नु पर्छ’ पोखरेलले भने ।

३. सुमार्गी र सिरोहियाको युद्ध !

व्यवसायी अजय सुमार्गीले आफू र आफ्नो परिवारको ज्यानमाथि कान्तिपुरका सञ्चालकले आक्रमण गर्न सक्ने भन्दै सुरक्षाको माग गरेका छन् ।

आर्थिक लेनदेनको विषयमा कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाबाट जुनसुकै बेला सांघातिक हमला हुन सक्ने आशंका व्यक्त गर्दै मुक्तिश्री इन्डष्ट्रिज प्रालिका अध्यक्ष समेत रहेका सुमार्गीले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षाको माग गर्दै निवेदन दिएका छन् ।

४. नेपालले नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न सकेन : बामदेव गौतम

नेपाल प्राकृतिक स्रोतसाधनले भरिपूर्ण, पर्यटकीय गन्तव्यका हिसाबले अत्यन्त समृद्ध तथा ऐतिहासिक रूपले वीरता र सौर्यको उत्तराधिकार बोकेको मुलुक हो। एसियाको जागरणसँगै यस मुलुकमा पनि राजनीतिक जागरण प्रारम्भ भएको हो। यस अवस्थालाई हेर्दा छिमेकी देशहरूसँगै नेपालको पनि विकास हुनु पर्ने हो ।

तर छिमेकीको तुलनामा अहिले पनि नेपाल धेरै पछाडि परेको छ। यसो हुनुमा केही बाह्य र केही आन्तरिक कारण छन्। साम्राज्यवादी आक्रमण र अनेक पटकका विदेशी हस्तक्षेप बाह्य कारण हुन् भने दशकौंको राजनीतिक अस्थिरता र अदूरदर्शी सरकार आन्तरिक कारण हुन्।

५. १० लाख बेरुजु देखिएपछि पेट्रोल झिकेर आगो लगाइदिएँ : प्रहरी हवल्दार

आफ्नै मोटरसाइकलबाट २ लिटर पेट्रोल झिकेर सोमबार राति ११ बजे सशस्त्र मुख्यालयको लेखा स्टोरमा आगो लगाएको सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले स्वीकारेका छन् ।

सुरुमा नस्विकारे पनि प्रहरीले लामो केरकार गरेपछि उनले आगलागीको रहस्यबारे प्रहरीलाई बयान दिएका छन् । दुई वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान ढुवानीमा भ्रष्टाचार भएको देखिएपछि छानबिन गरेको थियो ।

६. देउवाको दूत प्रचण्डसमक्ष : कांग्रेसको यस्तो नयाँ प्रस्ताव

नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फेरी पाँच वर्षको लागि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको छ । आगामी बन्ने नयाँ सरकारको नेतृत्व लिन कांग्रेसले प्रचण्डलाई प्रस्ताव गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना दूत प्रचण्डसमक्ष पुर्याएका र प्रचण्डलाई पाँच वर्षको लागि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताइएको छ ।

७. मध्यरातमा होटलमा कुटाकुट : आदित्य गुरुङको मृत्यु

गौशालाको होटल आमादब्लममा मध्यरातको साँढे १२ बजे कुटाकुट भएको छ । कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदित्य गुरुङ रहेका छन् ।

मध्यरातमा बाहिरबाट आएका गुरुङसहितको टिमले होटलमा मदिरा मागेका थिए । होटलमा कार्यरत कर्मचारीले रातको समयमा दिन नमिल्ने भनेपछि झगडा सुरु भएको हो ।

८. एकतापछि अध्यक्ष प्रचण्ड भए, महासचिव को ? यस्तो छ रहस्य

गत मंसिर १० र २१ गते सम्पन्न भएको निर्वाचनले एमाले–माओवादी गठबन्धनलाई वहुमत प्राप्त भएको छ । जनताले एमाले–माओवादीको बिचार र घोषणापत्रको आधारमा बहुमत दिएका होईन भन्दा अन्यथा हुँदैन ।

एमाले–माओवादीका कार्यकर्ताले चुनाव सकिएको एक हप्ताभित्र पार्टी एकिकरण हुन्छ भन्ने विश्वास गरेका थिए । करिब एक महिना पुग्नै लाग्दा पनि पार्टी एकताको बारेमा आधिकारिक तथ्य बाहिरएको छैन् । जुन कुराले गठबन्धनलाई भोट दिएका जनतामा निराशा छाएको सहज अनुमान गर्न सकिन्छ ।

९. केपी ओलीको पक्षमा उपेन्द्र यादव, यसो भने ?

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीमा केपी ओलीलाई समर्थन गर्न सकिने बताएका छन् । संविधान संशोधनका लागि एमाले अध्यक्ष ओली लचिलो भएकोले आफूहरु ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा सहभागी हुने उनको भनाई छ ।

विहिबार विहान नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा के तपाईहरु सरकारमा जाने तयारीमा हो ? भन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा अध्यक्ष यादवले भने, ‘ओलीले सरकारमा जाने कुरा गर्नुभएको छ । निश्चित रुपमा हामी सरकारमा जान्छौँ ।

१०. अन्ततः पछि हटे काठमाडौंका मेयर शाक्य, यसरी बन्ने भयो रानीपोखरी ?

चौतर्फी दवावपछि काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणको काम रोक्ने भएको छ ।महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बिहीबार बसेको बैठकले अहिले भैरहेको काम रोकेर मल्लकालिन शैलीमा नै रानीपोखरी बनाउन भएको छ ।

कंक्रिटको प्रयोग गरेर रानीपोखरीको पुनर्निर्माण गर्दा मौलिकता नै मासिने भन्दै आलोचना भएपछि महानगरपालिकाले अहिले भैरहेको काम रोकेर पुरानै शैली र सामग्री प्रयोग गरेर रानीपोखरीको पुनर्निर्माण गर्ने भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?