राज्य व्यवस्था समितिबाट पनि रवि लामिछाने निलम्बित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष ९, २०८१
|
२
|
५० पटक हेरिएको
Shares
राज्य व्यवस्था समितिबाट पनि रवि लामिछाने निलम्बित

सारांश

  • काठमाडौं।
  • प्रतिनिधि सभा सदस्यबाट निलम्बनमा परेका रास्वपाका सभापति रवि लामिछाने संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट समेत निलम्बनमा परेका छन्।
  • राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबराको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन्।

काठमाडौं। प्रतिनिधि सभा सदस्यबाट निलम्बनमा परेका रास्वपाका सभापति रवि लामिछाने संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट समेत निलम्बनमा परेका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबराको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन्।

सोमबार सभामुख देवराज घिमिरेले रविको सांसद पद निलम्बन भएको सूचना टाँस गरेका थिए।

रविविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको थियो। कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा दायर भएकाले सांसद पदबाट निलम्बन गर्न सभामुखलाई पत्र लेखेको थियो।

कास्की प्रहरीको पत्र र कानूनविद्को रायका आधारमा सभामुख देवराज घिमिरेले सोमबार साँझ लामिछानेको सांसद पद निलम्बन भएको सूचना निकालेका थिए।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    binance kod

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.info/register?ref=IXBIAFVY

    Comment Author

    Binance创建账户

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?