शुक्रबारको स्टोरीले प्रियंका–आयुष्मानको इन्गेजमेन्टमा धक्का !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
५३ पटक हेरिएको
Shares
शुक्रबारको स्टोरीले प्रियंका–आयुष्मानको इन्गेजमेन्टमा धक्का !

सारांश

  • सार्वजनिक भएकै कुरा हो– अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज श्रेष्ठ अहिले गहिरो प्रेममा छन् ।
  • आफ्नो प्रेम सम्बन्धबारे उनीहरु मिडियामा खुलेर प्रस्तुत भइरहेका छन् ।
  • प्राप्त खबर अनुसार बिहिबार प्रकाशित हुने ट्याब्लेट पत्रिका शुक्रबार साप्ताहिकमा अघिल्लो हप्ता उनीहरुबारे प्रकाशित कभरस्टोरीका कारण प्रियंका–आयुष्मानको इन्गेजमेन्ट नै सरेको छ ।

सार्वजनिक भएकै कुरा हो– अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज श्रेष्ठ अहिले गहिरो प्रेममा छन् । आफ्नो प्रेम सम्बन्धबारे उनीहरु मिडियामा खुलेर प्रस्तुत भइरहेका छन् । प्राप्त खबर अनुसार बिहिबार प्रकाशित हुने ट्याब्लेट पत्रिका शुक्रबार साप्ताहिकमा अघिल्लो हप्ता उनीहरुबारे प्रकाशित कभरस्टोरीका कारण प्रियंका–आयुष्मानको इन्गेजमेन्ट नै सरेको छ ।

अघिल्लो साता शुक्रबारमा पत्रकार अनिल यादवले ‘हिजोकी ‘दिदी’ आजकी प्रेमिका’ शिर्षकमा उनीहरुको प्रेम कहानीका विभिन्न आयाम केलाएर कभरस्टोरी लेखेका थिए । केही समयअघि सामाजिक संजाल र मिडियामा भाइरल भएको प्रियंका र उनको हुनेवाला सासु बैंकर्स रविनादेशराज श्रेष्ठको टुपिसमा खिचेको तस्बिर पनि स्टोरीमा छापिदिएपछि दुवैको परिवार रिसले आगो भएको र तत्कालका लागि इन्गेजमेन्टको मिति घोषणा नगर्न प्रियंका र आयुष्मानलाई दबाब दिएको स्रोतलाई उद्धत गर्दै अर्को ट्याब्लेट पत्रिका सम्पुर्ण साप्ताहिकले आज गसिप छापेको छ ।

अघिल्लो साता अधिकांश ट्याब्लेट पत्रिका (साप्ताहिक, शुक्रबार, सम्पुर्ण) मा प्रियंका र आयुष्मान फिचरिङ भएका थिए । स्रोतका अनुसार दुवैले कुनै पनि पत्रिकालाई जानकारी नदिई सबैसँग कुराकानी र फोटोसुट गरे । परिस्थिती यस्तो देखियो कि बजारमा प्रियंका र आयुष्मानमात्रै प्रेम जोडी हुन् । तर शुक्रबारमा प्रकाशित स्टोरीले भने प्रियंका–आयुष्मान र उनको परिवार उल्टै रिसायो रे । त्यसैले त होला– पत्रिकामा छापिएको फोटोकै कारण इन्जेगजमेन्ट सार्नु परेको !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिवेदनमाथिको छलफलमा एमालेका सांसद आएनन्
प्रतिवेदनमाथिको छलफलमा एमालेका सांसद आएनन्
पोखरामा वातावरण मैत्री शवदाह गृह निर्माण, असार भरि निशुल्क
पोखरामा वातावरण मैत्री शवदाह गृह निर्माण, असार भरि निशुल्क
श्रीमतीलाई खुवाए विमलेन्द्रले केक (हेर्नुहोस् ९ तस्बिरमा)
श्रीमतीलाई खुवाए विमलेन्द्रले केक (हेर्नुहोस् ९ तस्बिरमा)
प्रधानमन्त्रीको प्रश्न, ‘बालुवाटार अहिलेको सरकारले मासेको हो र ?’
प्रधानमन्त्रीको प्रश्न, ‘बालुवाटार अहिलेको सरकारले मासेको हो र ?’
डाभोस विश्व आर्थिक मञ्च : नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला
डाभोस विश्व आर्थिक मञ्च : नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला
क्रिकेटमा हङकङ हार्दा नेपालको भाग्य चम्कियो
क्रिकेटमा हङकङ हार्दा नेपालको भाग्य चम्कियो
जाजरकोट भूकम्पको एक महिना : भूकम्पपीडित अझै खुला आकाशमुनि
जाजरकोट भूकम्पको एक महिना : भूकम्पपीडित अझै खुला आकाशमुनि
एमाले अध्यक्ष ओली भन्छन् : घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ
एमाले अध्यक्ष ओली भन्छन् : घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ
कसैको प्रेममा हुनुहुन्छ ? यौन चाहना हँदा देखाइने लक्षणहरु जान्नुहोस्
कसैको प्रेममा हुनुहुन्छ ? यौन चाहना हँदा देखाइने लक्षणहरु जान्नुहोस्
नाबालिगलाई जबर्जस्तीकरणी गरेको आरोपमा वडा अध्यक्ष श्रेष्ठ पक्राउ
नाबालिगलाई जबर्जस्तीकरणी गरेको आरोपमा वडा अध्यक्ष श्रेष्ठ पक्राउ

तपाईंले छुटाउनुभयो कि?