शुक्रवारसम्म मन्त्रिपरिषद विस्तार हुने, वामदेम गौतम, नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ५, २०७८
|
|
३६ पटक हेरिएको
Shares
शुक्रवारसम्म मन्त्रिपरिषद विस्तार हुने, वामदेम गौतम, नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने

सारांश

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आगामी शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । यसको लागि उनले सत्तापक्षीय गठबन्धनका नेताहरुसँग छलफलसमेत गरिसकेका छन् । हिजोमात्रै पनि उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारमा ढिलाई गर्दा जनतामा नराम्रो सन्देश गएको भन्दै अब ढिला गर्न नहुने निश्कर्ष सुनाएका थिए । नेता नेपालको आग्रहअनुसार दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिएका प्रधानमन्त्री देउवाले अब नेता नेपालको पार्टीको निर्वाचन आयोगमा सनाखत हुनेबित्तिकै सरकारलाई पूर्णता दिने निश्कर्ष सुनाएका छन् । सुरुमा प्रधानमन्त्री देउवा आफ्नो सरकारमा उपप्रधानमन्त्री नराख्ने पक्षमा थिए ।

तर, नेपालको दलबाट वामदेव गौतम आँफै सरकारमा नेतृत्व गरेर आउन ईच्छुक भएपछि उपप्रधानमन्त्री राख्ने सहमति भएको हो । वामदेवलाई मात्रै उपप्रधानमन्त्री बनाईए गठबन्धनमा असर पर्ने देखेर देउवाले चार जनालाई उपप्रधानमन्त्री बनाउने भएका हुन् । नेपाल समूहबाट गौतम उपप्रधानमन्त्री बन्ने निश्चित् भएको छ । उता, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र जसपाबाट अध्यक्ष उपेन्द्र यादव आँफै सरकारमा सहभागी हुने भएका छन् । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सहभागी हुनेलाई उपप्रधानमन्त्री बनाउने देउवाको तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरियाका बालबालिकालाई ध्यान दिन युनिसेफको आग्रह
सिरियाका बालबालिकालाई ध्यान दिन युनिसेफको आग्रह
पुनःनिर्माणमा थप रु छ खर्ब आवश्यक
पुनःनिर्माणमा थप रु छ खर्ब आवश्यक
के सुन तस्करीमा गृहमन्त्री क्षेष्ठको संलग्नता छ त ? सांसद भट्टराईको यस्तो आरोप
के सुन तस्करीमा गृहमन्त्री क्षेष्ठको संलग्नता छ त ? सांसद भट्टराईको यस्तो आरोप
एकीकृत समाजवादीमा उमेरको हदबन्दी हटाइएपछि नेताहरु उत्साहित
एकीकृत समाजवादीमा उमेरको हदबन्दी हटाइएपछि नेताहरु उत्साहित
Munmun Dutta lashes out at people for laughing & clicking pics at Kavi Kumar Azad’s funeral!
Munmun Dutta lashes out at people for laughing & clicking pics at Kavi Kumar Azad’s funeral!
दुईवटा ट्रक एकापसमा ठोकिँदा दुई जनाको मृत्यु
दुईवटा ट्रक एकापसमा ठोकिँदा दुई जनाको मृत्यु
म्यानचेस्टर सिटी सबैभन्दा मुल्यवान टिम, टप १० मा को को छन्?
म्यानचेस्टर सिटी सबैभन्दा मुल्यवान टिम, टप १० मा को को छन्?
देउबाको टारगेटमा शेखर कोइराला, कारबाही गर्ने चेतावनी
सन्जुले रच्याे इतिहास, सलमान र अामिर पछि परे
सन्जुले रच्याे इतिहास, सलमान र अामिर पछि परे
बयरघारीमा हाटबजारले कृषक उत्साहित
बयरघारीमा हाटबजारले कृषक उत्साहित

तपाईंले छुटाउनुभयो कि?