शेयर बजार थामियो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ११, २०७५
|
|
५३ पटक हेरिएको
Shares
शेयर बजार थामियो

सारांश

  • काठमाडौँ, ११ मङ्सिर,धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ ।
  • लगातार घट्दै आएको बजार आज थामिएको हो ।
  • नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ६१ विन्दुले बढेर एक हजार १६१ दशमलव ४३ विन्दुमा पुगेको छ ।

काठमाडौँ, ११ मङ्सिर,धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । लगातार घट्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ६१ विन्दुले बढेर एक हजार १६१ दशमलव ४३ विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ विन्दुले बढेर २४६ दशमलव ९६ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५४ कम्पनीको सात लाख ८८ हजार १६९ कित्ता शेयर रु २३ करोड १६ लाख ८२ हजार ९६१ मा खरीद बिक्री भएको हो ।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको र बाँकी पाँच उपसमूहको बढेको छ । बैङ्किङ दुई दशमलव २२, होटल १० दशमलव ०८, विकास बैङ्क तीन दशमलव ८६, जलविद्युत् चार दशमलव ८१ र अन्य दुई दशमलव २७ विन्दुले बढेको छ । यस्तै वित्त शून्य दशमलव ८६, निर्जीवन बीमा २७ दशमलव ९३, उत्पादन एक दशमलव सात, लघुवित्त एक दशमलव ४८ र जीवन बीमा छ दशमलव शून्य एक विन्दुले घटेको छ । सामान्य सुधार भएको बजारमा सूर्याेदय लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलर्पस लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था, अपि पावर कम्पनी, समिट माइक्रोफाइनान्सका शेयरधनीले कमाएका छन् ।

यस्तै एनएलजी इन्सुरेन्स कम्पनी, स्वरोजगार लघुवित्त वित्तीय संस्था, तिनाउ डेभलपमेन्ट बैङ्क, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, नेपाल सेवा लघुवित्त वित्तीय संस्था र एक्सेल डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले गुमाएका छन् । यस्तै नेपाल क्रेडिट एण्ड कर्मस बैङ्क लिमिटेडको एक करोड ५४ लाख ८४ हजार १० कित्ता हकप्रद शेयर स्कटमा सूचीकृत भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साच्चै आउँलान त ट्रम्प र पुटिन नेपाल ?
साच्चै आउँलान त ट्रम्प र पुटिन नेपाल ?
भूकम्प पीडितको उद्धारमा प्रधानमन्त्रीको अठार घण्टा
भूकम्प पीडितको उद्धारमा प्रधानमन्त्रीको अठार घण्टा
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रचण्डलार्इ वामदेव र माधवको साथ !
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रचण्डलार्इ वामदेव र माधवको साथ !
फागु पर्वको उल्लास विहानैदेखि
फागु पर्वको उल्लास विहानैदेखि
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह
१६ वर्षीया नेपाली केटी फेसबुकका केटासाथी भेट्न एक्लै काठमाडौंबाट भारतको भोपाल पुगेपछि‘
१६ वर्षीया नेपाली केटी फेसबुकका केटासाथी भेट्न एक्लै काठमाडौंबाट भारतको भोपाल पुगेपछि‘
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गियो
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गियो
पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ
पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ
भद्रकालीमा बस दुर्घटना हुँदा तीन घाइते
भद्रकालीमा बस दुर्घटना हुँदा तीन घाइते
ढल्यो कोशी प्रदेश सरकार ,अदालतकाे दियाे यस्ताे आदेश
ढल्यो कोशी प्रदेश सरकार ,अदालतकाे दियाे यस्ताे आदेश

तपाईंले छुटाउनुभयो कि?