श्रम दिवसका दिन श्रममन्त्री विष्टले खाए ‘कसम’,

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १८, २०७५
|
|
४३ पटक हेरिएको
Shares
श्रम दिवसका दिन श्रममन्त्री विष्टले खाए ‘कसम’,

सारांश

  • काठमाडौं, १८ वैशाख ।
  • श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले श्रमिक र मजदुरसँग नीति तथा ऐनहरू आवश्यकताअनुसार परिमार्जन गरेर हक अधिकार दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
  • नेपाली रेडियो नेटवर्कको बहस कार्यक्रममा मंगलबार कुरा गर्दै मन्त्री विष्टले श्रम ऐन, वैदेशिक रोजगार ऐन, सामाजिक सुरक्षा ऐन लगायतका ऐनलाई समय सन्दर्भअनुसार सामुहिक बनाउँदै लैजाने बताए ।

काठमाडौं, १८ वैशाख । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले श्रमिक र मजदुरसँग नीति तथा ऐनहरू आवश्यकताअनुसार परिमार्जन गरेर हक अधिकार दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको बहस कार्यक्रममा मंगलबार कुरा गर्दै मन्त्री विष्टले श्रम ऐन, वैदेशिक रोजगार ऐन, सामाजिक सुरक्षा ऐन लगायतका ऐनलाई समय सन्दर्भअनुसार सामुहिक बनाउँदै लैजाने बताए ।

श्रमप्रति सम्मान जगाएर नेपालको समृद्धिका लागि जनशक्ति प्रयोग गर्ने कुरामा आफू प्रतिवद्ध रहेको बताउदै मन्त्री विष्टले संविधानले दिएको श्रमिक वा मजदुरको अधिकार स्थापित गराउने दाबी गरे ।

श्रमिकहरूको समस्याको समाधान खोज्ने कुरामा सरकार गम्भीर भएर लागेको उनको भनाई छ । मन्त्री विष्टले वैदेशिक रोजगारीमा हुने अनियमितता र ठगीलाई कुनै पनि हालतमा रोक्ने बताए । ‘वैदेशिक रोजगार व्यवसायीहरूलाई ठगी गरे भने उन्मुक्ति दिइनेछैन’, उनले भने, ‘मे दिवसका अवसरमा मैले बोलेको छु । सबै समस्या हटाउन पहल गर्छु ।’

सन् १८८९ मे १ मा अमेरिकाको शिकागो शहरका मजदुरहरुले आन्दोलन गरेर ८ घण्टे कार्यदिन लागू भएपछि यसैको उपलक्ष्यमा सन् १८९० देखि संसारभरिका मजदुरले मे १ को दिनलाई अन्तरराष्ट्रिय मजदुर दिवसका रुपमा मनाउने प्रचलन सुरु भएको हो ।

शिकागो मजदुर आन्दोलनको उपलब्धीका रुपमा विश्वभरि ८ घण्टा ड्युटीलाई एक दिन मानेर गणना गर्ने प्रचलन रहेको छ ।

गत वर्षको तथ्यांकअनुसार नेपालमा निजी एवं सरकारी क्षेत्रमा कार्यरत मजदुर र कर्मचारीको संख्या १ करोड १८ लाखको हाराहारीमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताप्लेजुङ सदरमुकाममा आगलागी, नियन्त्रणकाे प्रयास जारी
ताप्लेजुङ सदरमुकाममा आगलागी, नियन्त्रणकाे प्रयास जारी
चौधरीले संसद्को सुविधा नपाउँने
चौधरीले संसद्को सुविधा नपाउँने
चीनसँग रेल सम्झौतामा हस्ताक्षर गर्न नेकपाको जोड
चीनसँग रेल सम्झौतामा हस्ताक्षर गर्न नेकपाको जोड
लुम्बिनी प्रदेशसभाको दुई सांसदलाई कारबाही नगर्ने निर्णयप्रति एमालेको आपत्ति
लुम्बिनी प्रदेशसभाको दुई सांसदलाई कारबाही नगर्ने निर्णयप्रति एमालेको आपत्ति
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप
परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप
ट्रम्पको घोषणापछि सिरियामा अमेरिका, ब्रिटेन र फ्रान्सद्वारा हमला सुरु
ट्रम्पको घोषणापछि सिरियामा अमेरिका, ब्रिटेन र फ्रान्सद्वारा हमला सुरु
पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि
पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि
युएइका नागरिकसरह नेपालीले उपचार पाउने
युएइका नागरिकसरह नेपालीले उपचार पाउने
केन्द्रीय कमिटी डाकेर ओली र प्रचण्ड एक-अर्कामाथि करबाही गर्दै

तपाईंले छुटाउनुभयो कि?