श्रम स्वीकृति अनलाइनबाटै

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ९, २०७६
|
|
३९ पटक हेरिएको
Shares
श्रम स्वीकृति अनलाइनबाटै

सारांश

  • वैदेशिक रोजगार विभागले आउँदो मङ्सिर १५ गते वा आउँदो आइतबारदेखि ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली र मेसेजिङ सेवा सुरु गर्ने तयारी गरेको छ ।
  • गएको सातादेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त प्रणाली सुरु गर्न लागेको हो ।
  • वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित र मर्या्दित बनाउने उद्देश्यका साथ विभागले विद्युतीय प्रणाली कार्यान्वयनमा ल्याउन लागेको जनाएको छ ।

वैदेशिक रोजगार विभागले आउँदो मङ्सिर १५ गते वा आउँदो आइतबारदेखि ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली र मेसेजिङ सेवा सुरु गर्ने तयारी गरेको छ । गएको सातादेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त प्रणाली सुरु गर्न लागेको हो ।

वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित र मर्या्दित बनाउने उद्देश्यका साथ विभागले विद्युतीय प्रणाली कार्यान्वयनमा ल्याउन लागेको जनाएको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले वैदेशिक रोजगारीमा जान चाहने युवाको प्रक्रियागत कामलाई सरल र व्यवस्थित गराउने उद्देश्यले विद्युतीय पालो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए।

उनका अनुसार उक्त प्रणालीअन्तर्गत सेवाग्राहीले श्रमस्वीकृतिका लागि अनलाइनमार्फत फाराम पेस गर्ने्बित्तिकै सेवाग्राहीको श्रम स्वीकृति लिने पालो कुन दिन पर्छ भन्ने थाहा हुनेछ । सेवाका लागि सेवाग्राहीले जुन कार्यालयमा छिटो पालो आउँछ त्यहाँबाट लिन सकिने भन्दै महानिर्देशक भुसालले थपे, “पाल्पाबाट आउने सेवाग्राहीले भने काठमाडौँभन्दा बुटवलमा छिटो पालो आयो भने त्यहीँबाट लिन सक्नुहुन्छ । ”

उनले यो प्रणाली कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगार श्रम कार्यालय ताहाचलमा लाग्ने भीड पनि स्वतः कम हुने र सेवाग्राही दिनहुँ श्रम कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने बताए।
यस्तै श्रम स्वीकृतिका लागि सेवाग्राहीले फाराम बुझाइसकेपछि कारणवश अस्वीकृत हुने भएमा वा थप कागजात पेस गर्नु परेको खण्डमा विभागले मोबाइलमा एसएमएस (मेसेजिङ) पठाउने व्यवस्था गर्न लागेको छ ।

श्रम स्वीकृतिको सूचना पनि मोबाइलको मेसेजमार्फत विभागले जानकारी गराउने व्यवस्था गर्ने छ । सेवाग्राहीले फाराम भर्दा पेस गरेको ईमेलमा श्रम स्टिकर पठाउने कार्य यसअघि नै कार्यान्वयनमा ल्याइसकेको विभागले जनाएको छ ।

यस्तै विभागका महानिर्देशक भुसालले विद्युतीय भुक्तानीका लागि लामो समयदेखि प्राविधिक तयारी गरेर सेवा प्रदायकसँग सम्झौताको चरणमा पुगेको र छिट्टै कार्यान्वयनमा जाने जानकारी दिए। यो प्रणाली लागू भएपछि कल्याणकारी कोषको पैसा तिर्न बैङ्कमा जानुपर्ने वा बिचौलियाको सहयोग माग्नुपर्ने अवस्था पनि अन्त्य हुने उनको भनाइ छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेस्सीको कप्तानीमा अर्जेन्टिनाद्वारा कोपा अमेरिका टिमको घोषणा
मेस्सीको कप्तानीमा अर्जेन्टिनाद्वारा कोपा अमेरिका टिमको घोषणा
संसदीय समिति गठनमा दलहरू सहमति नजिक
संसदीय समिति गठनमा दलहरू सहमति नजिक
अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पुजारीले गराउने
अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पुजारीले गराउने
सदस्यता : २०१० सालमा मोहनविक्रमले लिए, ६० वर्षपछि कमलराजले लिए
सदस्यता : २०१० सालमा मोहनविक्रमले लिए, ६० वर्षपछि कमलराजले लिए
मोबाइल बाड्ने निर्णयको विरोध भएपछि यस्तो आयो विद्यासुन्दरको प्रतिक्रिया
मोबाइल बाड्ने निर्णयको विरोध भएपछि यस्तो आयो विद्यासुन्दरको प्रतिक्रिया
नेहाले दिइन पूर्वप्रेमीलाई धम्की
नेहाले दिइन पूर्वप्रेमीलाई धम्की
बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने
बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने
बबर्इ नदीकाे जलसतहले सतर्कता तह पार गर्याे,  सतर्क रहन सर्वसाधारणलार्इ अनुराेध
बबर्इ नदीकाे जलसतहले सतर्कता तह पार गर्याे, सतर्क रहन सर्वसाधारणलार्इ अनुराेध
‘सतीदेवीको शव बोक्दै’ कुमाले
‘सतीदेवीको शव बोक्दै’ कुमाले
कांग्रेसले बनाउने छाया सरकारमा विनोद चौधरी अर्थमन्त्रीका दाबेदार
कांग्रेसले बनाउने छाया सरकारमा विनोद चौधरी अर्थमन्त्रीका दाबेदार