श्रीएयरको हेलीकप्टर दुर्घटना !

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २६, २०७५
|
|
३० पटक हेरिएको
Shares
श्रीएयरको हेलीकप्टर दुर्घटना !

सारांश

  • सोलुखुम्बु, २६ वैशाख ।
  • सोलुखुम्बुमा श्रीएयरको हेलीकप्टर दुर्घटना भएको छ ।
  • खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने स्याङबोचे विमानस्थलमा अवतरणका क्रममा श्रीएयरको हेलीकोप्टर दुर्घटनामा परेको हो।

सोलुखुम्बु, २६ वैशाख । सोलुखुम्बुमा श्रीएयरको हेलीकप्टर दुर्घटना भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने स्याङबोचे विमानस्थलमा अवतरणका क्रममा श्रीएयरको हेलीकोप्टर दुर्घटनामा परेको हो।

सामान्य दुर्घटनामा परेको उक्त हेलीकप्टर बुधबार विहान सोलुखुम्बुकै फाप्लु विमानस्थलबाट कार्गो लिएर स्याङबोचे गएको थियो। कार्गो सामान बोकेर गएको नाइन एन ए एच टी कल साइन भएको उक्त हेलीकप्टर धावनमार्गमा भासिएको थियो।

हेलीकप्टरको अगाडिको पांग्रा भाँच्चिएको छ । हेलीकप्टर अड्याउन काठले टेको दिइएको प्रत्यक्षदर्शी दीप राईले जानकारी दिए।

दुर्घटनाबाट मानवीय क्षति भने नभएको जनाइएको छ । हिमपात भएपछि धुले धावनमार्गको माटो गलेकोले अवतरण गर्दा भासिएको हुन सक्ने बताइएको छ।

यता जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले सामान्य क्षति भएको जनाएको छ । प्रहरी नायब निरीक्षक प्रधुम्न अधिकारीले दुर्घटनाबारे बुझिरहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?