श्रीकृष्ण जन्माष्ठमीको पावन अवसरमा नमस्ते धनकुटा–२०७४ कार्यक्रम हुँदै ……

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण १६, २०७४
|
|
३४ पटक हेरिएको
Shares
श्रीकृष्ण जन्माष्ठमीको पावन अवसरमा  नमस्ते धनकुटा–२०७४ कार्यक्रम  हुँदै ……

सारांश

  • श्रीकृष्ण जन्माष्ठमीमा नमस्ते धनकुटा–२०७४ कार्यक्रम हुँदै त्रिबेणी साँस्कृतिक समुह र ओ.
  • जेड.
  • इभेन्टस्ले सदा झै श्रीकृष्ण जन्माष्ठमीको पावन अवसरमा संयुक्त रुपमा आयोजना गर्दै आएको नमस्ते धनकुटा कार्यक्रम यस वर्ष हुन लागेको छ ।
श्रीकृष्ण जन्माष्ठमीमा नमस्ते धनकुटा–२०७४ कार्यक्रम हुँदै त्रिबेणी साँस्कृतिक समुह र ओ.जेड. इभेन्टस्ले सदा झै श्रीकृष्ण जन्माष्ठमीको पावन अवसरमा संयुक्त रुपमा आयोजना गर्दै आएको नमस्ते धनकुटा कार्यक्रम यस वर्ष हुन लागेको छ ।                                                                                                                                                                                                                                                                          २०७४ श्रावण ३० गते साँझ ६ः०० बजे उक्त कार्यक्रम त्रिबेणी स्कूलको प्राङगणमा हुनेछ । कार्यक्रममा बरिष्ठ गायक एड्रिन प्रधान, नेपाल आइडलमा अत्याधिक रुचाइएकी गायिका विद्या तिवारी, उदाउन लागेकी र नेपाली गित संगितमा प्रबल सम्भावना बोकेकी बाल गायीका समिक्षा बस्नेत, स्थानिय त्रिबेणी साँस्कृतिक समुहको साँस्कृतिक नृत्य तथा प्रख्यात डान्स ग्रुप टिन्ज क्रिउ डान्स सेन्टरको प्रस्तुति रहने छ ।                                                                                                                                                                                                                कार्यक्रमबाट सङकलीत रकमबाट जिल्लाका बिभिन्न सरकारी स्कूलमा अध्ययनरत जेहेन्दार, असाहाय, अपाङ्ग, द्धन्द्ध पिडित, अनाथ तथा गरिब विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्दै आईरहेको समुहले यो वर्ष २० जना बालबालीकाहरुका लागि छात्रबृत्ति वितरण गर्न लागेको कुरा त्रिबेणी साँस्कृतिक समुहका उपाध्यक्ष ज्ञान बहादुर राइले बताउनु भयो ।                                                                                                                                                                                                        संस्थाको बार्षिक उत्सवको रुपमा बर्षेनी आयोजना हुदै आएको कार्यक्रमलाई सफल रुपमा सञ्चालन गर्नका लागि सबैजना उत्सुक रहेको र कार्यक्रमलाई भब्य र सभ्य बनाउन आफूहरु लागि परेको कुरा स्थानिय कार्यक्रम संयोजक सन्त बहादुर लिम्बु र किरण राईले बताउनु भयो.                                                                                                                                                                                        कार्यक्रमलाई सफल र उपलब्धि मुलक बनाउन काठमाण्डौमा मुख्य कार्यालय रहेको अक्सन इन्टिच्युट एण्ड कन्सल्टेन्सी, धनकुटा सेवा समाज यु.ए.ई, धनकुटा सेवा समाज कतार, धनकुटा सेवा समाज कोरिया, रेडियो मकालु ९२.२ , शिखर न्यज (अनलाईन मिडिया)  लगायतले हातेमालो गरेका छन् भने अझै सहयोगी हातहरु समेत आइरहेको कुरा कार्यक्रम संयोजक युबराज घिमिरेले बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?