श्रीमतीको कुटाइबाट ५५ वर्षीय नेपालीको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
३४ पटक हेरिएको
Shares
श्रीमतीको कुटाइबाट ५५ वर्षीय नेपालीको मृत्यु

सारांश

  • श्रीमतीको कुटाइबाट झापामा एक जनाको ज्यान गएको छ ।
  • दमक–९ शान्तिचोकका ५५ वर्षीय बिदुर नेपालीको श्रीमतीको कुटाईबाट शुक्रबार ज्यान गएको हो ।
  • मादकपदार्थ सेवन गरेर ४८ वर्षीय श्रीमती सानुमाया दर्जीले निर्घात कुटपिट गर्दा नेपालीको घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

श्रीमतीको कुटाइबाट झापामा एक जनाको ज्यान गएको छ । दमक–९ शान्तिचोकका ५५ वर्षीय बिदुर नेपालीको श्रीमतीको कुटाईबाट शुक्रबार ज्यान गएको हो ।मादकपदार्थ सेवन गरेर ४८ वर्षीय श्रीमती सानुमाया दर्जीले निर्घात कुटपिट गर्दा नेपालीको घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । स्थानीयका अनुसार सधैँजसो श्रीमान् श्रीमती दुबैजना मादक पदार्थ सेवन गरी झगडा गर्ने गर्थे ।

मृतक नेपालीको शरीरका विभिन्न स्थानमा कुटपिट गरेको निलडाम रहेको प्रहरीले जनाएको छ । शरीरमा निलडाम बाहेक अन्य धारिलो हतियार प्रयोग नभएको देखिएकाले आपसी झगडाका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।नेपालीको शव पोष्टमार्टमका लागि उर्लाबारीस्थित मंगलबारे अस्पातल लगिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । इप्रका दमकका डिएसपी दिपक गिरीका अनुसार कुटपिट गर्ने श्रीमती सानुमायालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
कांग्रेस पार्टी समाप्त हुने कांग्रेसकै नेता सिटौलाको यस्तो आँकलन
कांग्रेस पार्टी समाप्त हुने कांग्रेसकै नेता सिटौलाको यस्तो आँकलन
आज २५ सय ७१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु
आज २५ सय ७१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु
१ देखि १२ सम्मका पाठ्यक्रम फेरिंदै
१ देखि १२ सम्मका पाठ्यक्रम फेरिंदै
ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु
ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु
सार्वजनिक यातायातमा दुव्र्यवहार भएमा सहेर नबस्न चन्दको आग्रह
सार्वजनिक यातायातमा दुव्र्यवहार भएमा सहेर नबस्न चन्दको आग्रह
प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराईरमधेस द्रुतमार्ग अवलोकन
प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराईरमधेस द्रुतमार्ग अवलोकन
दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्री दाहालद्वारा समवेदना
दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्री दाहालद्वारा समवेदना
आज १२ को नतिजा सार्वजनिक हुने
आज १२ को नतिजा सार्वजनिक हुने
नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित, प्रतियाेगिताकाे उपाधि भारत यु१९ बि लाई !
नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित, प्रतियाेगिताकाे उपाधि भारत यु१९ बि लाई !