श्रीमानका कारण श्रीमती एचआइभि संक्रमित !

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २१, २०७५
|
|
४९ पटक हेरिएको
Shares
श्रीमानका कारण श्रीमती एचआइभि संक्रमित !

सारांश

  • दैलेख, २१ साउन ।
  • दुर्गम पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका राकमकी धर्मा बडुवाललाई आफ्ना श्रीमान् एचआइभी संक्रमणले बितेको भन्ने कुरा बल्ल थाहा भयो ।
  • जब कामका लागि भारत जानुभएका श्रीमान्लाई एचआइभी संक्रमणले सताएपछि उपचारकै क्रममा उनको मृत्यु भयो ।

दैलेख, २१ साउन । दुर्गम पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका राकमकी धर्मा बडुवाललाई आफ्ना श्रीमान् एचआइभी संक्रमणले बितेको भन्ने कुरा बल्ल थाहा भयो । जब कामका लागि भारत जानुभएका श्रीमान्लाई एचआइभी संक्रमणले सताएपछि उपचारकै क्रममा उनको मृत्यु भयो । श्रीमान्कै कारण आफू पनि एचआइभी संक्रमणमा परेर समस्यामा परेकी उनलाई छोराछोरीको लालनपालनमा समस्या छ । जेठी छोरीको बिहे भए पनि आफूसँग रहेको छोराको लालनपालनमा समस्या भएकाले बाख्रापालनजस्ता सजिलो व्यवसायमा स्थानीय सरकारले सहयोग गरे जीवन गुजारा गर्न सजिलो हुने उनी बताउँछीन् ।

बडुवाल मात्रै हैन एचआइभी संक्रमण भएर श्रीमान् गुमाएका करिब ५२ महिला राकममा छन् । अधिकारप्राप्ति र समाजमा गरिने भेदभाव विरुद्ध लड्न आफूहरू संगठित हुनुपरेको उनीहरूको भनाइ छ । संगठित भएर आवाज अठाउन थालेपछि अहिले एआरटी औषधि राकम कर्णाली स्वास्थ्य केन्द्रबाटै उपलब्ध भएकाले उनीहरूलाई धेरै सजिलो भएको छ ।  औषधि सेवन गर्नकै लागि सुर्खेत र दैलेख सदरमुकाम धाउनुपर्ने विगतको समस्या अहिले समाधान भएको छ । औषधिसँगै संक्रमित महिलालाई पोषिलो आहार, स्थानीयस्तरमै रोजगारी र व्यवसाय प्रर्वद्धनलगायतमा स्थानीय सरकारले चासो बढाएको आठबीस नगरपालिकाका प्रमुख खड्कराज उपाध्याय जोड दिन्छन् । नगरपालिकाले पोषणमा सहयोग पुगोस् भनेर मासिक रु ५०० का दरले संक्रमितलाई भत्ता उपलब्ध गराउँदै आएको छ ।

संक्रमित भनेर समाजमा हेला हुन थालेपछि आफूहरू संगठित भएको तुलसा माझी बताउँछिन् । ती सबै महिलाका श्रीमान् भारतमै रोजगारीका लागि गएका र एचआइभी संक्रमणले मृत्यु भएको माझीको भनाइ छ । जिल्लाको अधिकांश स्थानका बासिन्दा रोजगारीका लागि भारत जानुपर्ने बाध्यता पुरानै हो । अहिले स्थानीय सरकारललाई गाउँमै रोजगारी र एचआइभी संक्रमितलगायत थुप्रै समस्यामा परेका नागरिकको जीवनरक्षाबारे पनि चासो बढाउनुपर्ने दायित्व बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच हजार खसीबोका काठमाडौँ पठाइँदै
पाँच हजार खसीबोका काठमाडौँ पठाइँदै
एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिका भिड्दै, सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दवाव
एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिका भिड्दै, सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दवाव
निजी क्षेत्रले अर्थतन्त्र डोर्‍याउन सक्छ भन्ने बुझाउनै सकेनौं : व्यवसायी श्रेष्ठ
निजी क्षेत्रले अर्थतन्त्र डोर्‍याउन सक्छ भन्ने बुझाउनै सकेनौं : व्यवसायी श्रेष्ठ
भारी बर्षाले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा मतदान सुरु भएको छैन !
भारी बर्षाले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा मतदान सुरु भएको छैन !
परिणाम देखिने गरी काम गर्न प्रधानमन्त्रीकाे मन्त्रीहरुलाई चेतावनी
परिणाम देखिने गरी काम गर्न प्रधानमन्त्रीकाे मन्त्रीहरुलाई चेतावनी
निर्मला पन्तको बलात्कारपछि हत्याबारे के भने सदनमा गृहमन्त्रीले ?
निर्मला पन्तको बलात्कारपछि हत्याबारे के भने सदनमा गृहमन्त्रीले ?
सत्तापक्षलाई ‘झस्काउने’ सभामुखको निर्णय जसले अधिकार कटौतीको प्रस्ताव ल्यायो
सत्तापक्षलाई ‘झस्काउने’ सभामुखको निर्णय जसले अधिकार कटौतीको प्रस्ताव ल्यायो
जापानमा एक नेपालीको निधन
जापानमा एक नेपालीको निधन
लागुऔषध रोकथाम गर्न लालटिन समन्वय डेक्स समिति गठन
लागुऔषध रोकथाम गर्न लालटिन समन्वय डेक्स समिति गठन
दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भैसक्यौं : मन्त्री खनाल
दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भैसक्यौं : मन्त्री खनाल

तपाईंले छुटाउनुभयो कि?