सिक्किम नेपाल जोड्ने पहिलो सडक निर्माण हुँदै !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २२, २०७५
|
|
४० पटक हेरिएको
Shares
सिक्किम नेपाल जोड्ने पहिलो सडक निर्माण हुँदै !

सारांश

  • पाँचथर, २२ साउन  भारतको ।
  • सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाँउलाई नेपालको सिमानामा रहेको चिवा भन्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ ।
  • नेपाल सिक्किमबीच प्रवेश बिन्दु चिवा भन्ज्याङ समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा छ ।

पाँचथर, २२ साउन  भारतको ।सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाँउलाई नेपालको सिमानामा रहेको चिवा भन्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ । नेपाल सिक्किमबीच प्रवेश बिन्दु चिवा भन्ज्याङ समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा छ । उक्त सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पु¥याउनुका साथै सिक्किम र नेपाल जोड्ने पहिलोस्तरीय सडक सम्पर्क हुने बताइएको छ । १०० किमीसम्म सिमाना जोडिएको नेपाल र सिक्किमबीच हालसम्म कुनै गुणस्तरीय सडक सम्पर्क छैन ।

उत्तरी–चिवा भन्ज्याङ मार्ग १८ किलोमिटर लामो हुनेछ । सिक्किम सडक तथा पुल विभागले २५ करोड भारु विनियोजन गरेको सोे सडक यो वर्षको माघसम्म निर्माण भइसक्ने आशा गरिएको छ । शहरी विकास र आवास विभागमन्त्री एनके सुब्बाले यो सडक धेरै पहिले निर्माण भइसक्नुपर्ने थियो तर वातावरणीय अनुमतिमा भएको ढिलाइले निर्माण कार्य ढिलो भएको बताए । “हाल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । पुसको मध्यसम्म सडक निर्माण भइसक्ने अनुमान गरिएको छ ।” उनले भने । स्थानीयका अनुसार खुला सिमानाको कारण दुवैतर्फका जनताले वर्षौंदेखि सानो स्तरमा यहाँबाट व्यापार गरिरहेका थिए । “नून, चिनी तथा मट्टितेलजस्ता सामग्री पहिलेदेखि सीमा क्षेत्रमा व्यापार हुन्थ्यो ।”

गोलभेँडा भारत निकासी खुलेपछि हर्ष

एक महिनादेखि भारत निकासी ठप्प रहेको गोलभेँडा निकासी शुरु भएपछि यहाँका कृषक हर्षित छन् । संघीय सरकार र प्रदेश सरकारको पहलमा गोलभेँडा निकासी शुरु भएको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए । उहाँका अनुसार तत्काललाई किसानले फलाएको गोलभेँडा बिक्री गर्नका लागि यहाँको नाकाबाट निकासी हुने प्रबन्ध मिलाइएको जानकारी दिँदै उनले भने, “सूचीमा पार्नका लागि वाणिज्य मन्त्रालयका सहसचिवको नेतृत्वमा रहेको समितिले काम अघि बढाएको हो ।”

भारतीय पक्षले निकासी हुने सूचीमा गोलभँेडा नपरेको भन्दै रोकेपछि पूर्वी पहाडका विभिन्न जिल्लामा उत्पादन भएको गोलभेँडाको बिक्री वितरण प्रभावित भएको थियो ।
केही दिनअघि बजार प्रवद्र्धन तथा निकासी केन्द्रको एक टोली आएर किसानको समस्या बुझेको थियो । निकासी खुलेसँगै गोलभेँडाको मूल्यमा वृद्धि हुनुका साथै व्यापार पनि बढेको राष्ट्रिय कृषक समूह महासङ्घ जिल्ला अध्यक्ष गणेश पोखरेलले निकासी खुलेको जानकारी दिए । यहाँकोे याङवरक, हिहिहाङ गाउँपालिकाका किसानको बगानबाट यो वर्ष रु रू १३ करोडभन्दा बढीको आम्दानी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
देशको बृहत्तर हितका लागि पार्टी एकता गर्दैछौं : प्रचण्ड
देशको बृहत्तर हितका लागि पार्टी एकता गर्दैछौं : प्रचण्ड
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा क्रिकेट र प्याराग्लाइडिङ पनि, यी हुन् सागमा समावेश खेलहरू
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा क्रिकेट र प्याराग्लाइडिङ पनि, यी हुन् सागमा समावेश खेलहरू
प्रतिस्थापन बजेट लोककल्याणकारी छ : मुख्यमन्त्री कार्की
प्रतिस्थापन बजेट लोककल्याणकारी छ : मुख्यमन्त्री कार्की
नेता पौडेल पक्षले पाँच जना मन्त्री मागेको, सभापति देउवा ४ मन्त्रालय दिन तयार
नेता पौडेल पक्षले पाँच जना मन्त्री मागेको, सभापति देउवा ४ मन्त्रालय दिन तयार
रूखले किच्यो डाक्टर बन्ने सपना
रूखले किच्यो डाक्टर बन्ने सपना
नेकपाको सचिवालय बैठक जारी, २ मन्त्री सहित भीम रावल पनि सहभागि
नेकपाको सचिवालय बैठक जारी, २ मन्त्री सहित भीम रावल पनि सहभागि
महोत्तरीको हाटबजारमा सिक्का पैसा चल्दैन
महोत्तरीको हाटबजारमा सिक्का पैसा चल्दैन
आलेख : दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्
आलेख : दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्
एकै प्रदेशमा ४० लाख नागरिकता बिहिन !
एकै प्रदेशमा ४० लाख नागरिकता बिहिन !