श्रृंखलाबद्ध सिरिञ्ज आक्रमण गर्ने पक्राउ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
५० पटक हेरिएको
Shares
श्रृंखलाबद्ध सिरिञ्ज आक्रमण गर्ने पक्राउ

सारांश

  • काठमाडौँ उपत्यकामा श्रृंखलाबद्ध रुपमा तिखो हतियारले महिलालाई आक्रमण गर्ने कार्यमा सग्लग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की रहेका छन् ।
  • उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले गएराति महाराजगञ्जबाट पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यकामा श्रृंखलाबद्ध रुपमा तिखो हतियारले महिलालाई आक्रमण गर्ने कार्यमा सग्लग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की रहेका छन् । उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले गएराति महाराजगञ्जबाट पक्राउ गरेको हो । पक्राउ परेका कार्कीवारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

केही समययता काठमाडौंका विभिन्न स्थानमा महिलामाथि श्रृखलाबद्ध रुपमा चुच्चो हतियारले आक्रमण भएको थियो ।  सोही प्रकृतिको घटना भक्तपुर र काभ्रेमा समेत भएको थियो । घटनामा एकजना ब्यक्ति या समूहको सग्लनता थियो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौमा ५ जनाले सिरिञ्ज आक्रमण भएको उजुरी गरिसकेका छन् ।

काभ्रेमा सिरिञ्ज आक्रमणमा पर्ने ९ जना पुगे
बनेपामा बुधबार सिरिञ्ज आक्रमणमा परेकी महिला यस प्रकारको पीडामा पर्ने नवौं भएको चिकित्सकहरुले बताएका छन् । यस्तो आक्रमण जेठयताको हो । अहिले सिरिञ्ज आक्रमणमा परेका महिलाहरुको उपचार काठमाडौंको टेकु अस्पतालमा भइरहेको छ । उता, आक्रमणकारी महिलाको खोजी गर्न प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गरेको छ ।

काभ्रे प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार प्रहरीले सर्वसाधारणलाई सतर्क रहन र शंकास्पद व्यक्ति देखेमा तत्काल प्रहरीलाई खवर गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले एक विज्ञप्ति प्रकाशन गरी आमा समूह, टोल सुधार समिति, उपभोक्ता समिति, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थालाई यस्ता ब्यक्तिकोे पहिचानका लागि सादा पोशाकका प्रहरीसमेत चोक–चोकमा परिचालन गरेकाले सहयोग गर्न आग्रह गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।

 

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?