संघीय संसदमा आज कस्तो बजेट आउला! सबैतिर चासो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
३४ पटक हेरिएको
Shares
संघीय संसदमा आज कस्तो बजेट आउला! सबैतिर चासो

सारांश

  • काठमाडौँ, १५ जेठ – आज सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ को पूर्ण संघीय बजेट ल्याउँदैछ ।
  • सरकारले आज कस्तो बजेट ल्याउँछ भन्ने सबैतिर चासो विषय बनेको छ ।
  • आज अपराह्न ४ बजे संघीय संसद्मा अर्थमन्त्री डा.

काठमाडौँ, १५ जेठ – आज सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ को पूर्ण संघीय बजेट ल्याउँदैछ । सरकारले आज कस्तो बजेट ल्याउँछ भन्ने सबैतिर चासो विषय बनेको छ । आज अपराह्न ४ बजे संघीय संसद्मा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

संघीय संसदमा पहिलो पटक पूर्ण बजेट आउन लागेको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक हुनेछ । प्रत्येक वर्ष जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
संविधानको धारा ११९ मा अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्ष १५ जेठमा राजस्व र व्यय अनुमान प्रस्तुत गर्ने व्यवस्था गरिएको छ ।

गत मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएको थियो । त्यसैगरी माघ २४ गते राष्ट्रियसभाको चुनाव भएको थियो । त्यसपछि केपी शर्मा ओलीको नेतृत्वमा बनेको वाम सरकारले पहिलो पटक संघीय संसदमा बजेट ल्याउन लागेको हो ।

यस वर्ष केन्द्रीय बजेटले स्थानीय तथा प्रदेश तहलाई वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँडसहितको बजेट आउँदैछ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गर्ने सूत्रअनुसार वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँड हुनेछ ।

वाम सरकारले कस्तो खालको बजेट ल्याउँछ भन्ने सबैले चासोका साथ हेरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहाडको टुप्पोमा बाजा बज्ने ढुङ्गा !
पहाडको टुप्पोमा बाजा बज्ने ढुङ्गा !
यस्ता हुन सक्छन् प्रधानमन्त्री ओलीका योजना
यस्ता हुन सक्छन् प्रधानमन्त्री ओलीका योजना
​जनप्रदर्शनमा सहभागी हुन एमाले लगायत ११ राजनीतिक दलको आह्वान !!! आज बृहत् मोटरसाइकल -याली निकालियो…
​जनप्रदर्शनमा सहभागी हुन एमाले लगायत ११ राजनीतिक दलको आह्वान !!! आज बृहत् मोटरसाइकल -याली निकालियो…
तपाेबनकाे ‘प्रसाद’मा अानन्द अरूणकाे सुक्रकिट र जुठाे भात !(भिडियाे सहित)
तपाेबनकाे ‘प्रसाद’मा अानन्द अरूणकाे सुक्रकिट र जुठाे भात !(भिडियाे सहित)
आइशोलेसनका लागि तीन अस्पताल तोक्ने मन्त्रिपरिषद् निर्णय
आइशोलेसनका लागि तीन अस्पताल तोक्ने मन्त्रिपरिषद् निर्णय
बिभिन्न सेलिब्रिटीका बीच नायिका स्वेता खडकाको जन्मदिन
बिभिन्न सेलिब्रिटीका बीच नायिका स्वेता खडकाको जन्मदिन
भारतमा कंग्रेस पराजय हुनुका मुख्य ८ कारण
भारतमा कंग्रेस पराजय हुनुका मुख्य ८ कारण
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु,  दुई हजार संक्रमित
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित
हावाहुरीले ढलेको रुखले किचेर सुर्खेतमा एक जनाको मृत्यु
हावाहुरीले ढलेको रुखले किचेर सुर्खेतमा एक जनाको मृत्यु
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर