संघीय संसद-दोस्रो अधिवेशनको तालिका यस्तो छ…

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २०, २०७५
|
|
५४ पटक हेरिएको
Shares
संघीय संसद-दोस्रो अधिवेशनको तालिका यस्तो छ…

सारांश

  • काठमाडौं, २० वैशाख- वैशाख २३ गते आइतबार संघीय संसदको दोस्रो अधिवेशन दिनको ४ बजे शुरु हुँदैछ ।
  • प्रतिनिधिसभा र राष्ट्रियसभाको दोस्रो अधिवेशनमा विभिन्न अध्यादेशहरु प्रस्तुत हुँदैछन् ।
  • वैशाख २४ देखि २७ भित्र नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ ।

काठमाडौं, २० वैशाख- वैशाख २३ गते आइतबार संघीय संसदको दोस्रो अधिवेशन दिनको ४ बजे शुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको दोस्रो अधिवेशनमा विभिन्न अध्यादेशहरु प्रस्तुत हुँदैछन् ।
वैशाख २४ देखि २७ भित्र नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ । प्रतिवेशन संशोधन प्रस्तुत गर्ने, पारित गर्ने साथै पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेशहरु स्वीकृत गरिने कार्यक्रम छ ।

संसद अधिवेशन कार्यक्रमको तालिका यस्तो छ :
– २६ गते देखि ३ दिन (प्रि बजेट) विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थमन्त्रीबाट प्रस्तुत गर्ने र सभामा छलफल गर्ने
– जेठको पहिलो हप्ता राष्ट्रपतिबाट नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्ने
– नीति तथा कार्यक्रममाथि छलफल गर्ने र प्रधानमन्त्रीबाट जवाफ दिने र नीति तथा कार्यक्रम पारित गर्ने ।
– संविधान बमोजिम राजश्व र व्ययको वार्षिक अनुमान गर्ने ।
– जेठ १७ गते देखि एक हप्ता बजेटमाथि सैद्धान्तिक छलफल गर्ने अर्थमन्त्रीबाट जवाफ दिने, स्पष्टिकरणको जवाफ दिने ।
– जेठको चौथो हप्ता देखि असारको तेस्रो हप्तासम्म विनियोजन विधेयक प्रस्तुत गरी सवै मन्त्रालयका शीर्षकगत छलफल गर्ने,
– विनियोजन विधेयक पारित गर्ने र विनियोजन विधेयकका आश्रित विधेयकहरु–आर्थिक विधेयक, राष्ट्रऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक पारित गर्ने ।
– असार चौथो हप्तादेखि सदनमा प्राप्त संविधान कार्यान्वयन सम्बन्धी विभिन्न विधेयकहरुमाथि छलफल गर्ने र दर्ता हुन आएका सार्वजनिक महत्वका प्रस्ताव, संकल्प लगायतका प्रस्तावहरुमाथि छलफल गर्ने ।
– यसै अवधिभित्र संसदीय अभ्यासको लागि महत्वपूर्ण मानिने प्रतिनिधि सभाका समितिहरु गठन गरिने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?