संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक २, २०७४
|
|
३५ पटक हेरिएको
Shares
संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

सारांश

  • जुम्ला, २ कात्तिक  आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजा भेकमा २० प्रतिशत मतदाता घट्ने देखिएको छ ।
  • तिहारलगत्तै सिंजा भेकका सबै पुरुष पारिवारिक जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न वर्षेनी भारतीय भूमिमा जाने संस्कार छ ।
  • यो संस्कारलाई यसपटकको संघ तथा प्रदेशको चुनावले रोक्न सक्ने अवस्था नरहेको कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडीचौर जुम्लाका स्थानीय व्यापारी भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

जुम्ला, २ कात्तिक  आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजा भेकमा २० प्रतिशत मतदाता घट्ने देखिएको छ ।

तिहारलगत्तै सिंजा भेकका सबै पुरुष पारिवारिक जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न वर्षेनी भारतीय भूमिमा जाने संस्कार छ । यो संस्कारलाई यसपटकको संघ तथा प्रदेशको चुनावले रोक्न सक्ने अवस्था नरहेको कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडीचौर जुम्लाका स्थानीय व्यापारी भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

“वर्षेनी सिंजावासीलाई भारतीय भूमिमा जानु रहर नभई बाध्यता हो, चुनावका लागि रोकिनेहरु कमाउनबाट वञ्चित हुन्छन्, त्यही समस्याले उनीहरुलाई पिरोल्छ”, उहाँले भन्नुभयो । चुनावका लागि पर्खिंदा रोजीरोटीको सुनिश्चितता नहुने भएकाले ५० प्रतिशत पुरुष यतिबेला बाहिरने उहाँको भनाइ छ । उहाँका अनुसार महिला, बालबालिका र ज्येष्ठ नागरिक मात्र घरमा हुन्छन् ।

कनकासुन्दरी–२ का स्थानीय मोतीलाल रावतले सिंजालीहरुको आम्दानीको मुख्य स्रोत नै व्यापार भएकाले यो समय चुकाउन नहुने बताउनुभयो । उहाँका अनुसार सिंजालीहरु यो याममा हिङ, सिलाजित, गलैँजा व्यापारबाट एकजनाले तीन महिनामा रु ९० हजारदेखि रु चार लाखसम्म आम्दानी गर्छन् । जुम्ला क्षेत्र नं २ मा तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका पर्छन् ।

जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले हाल जुम्लामा कूल मतदाता संख्या ५९ हजार ५८ रहेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?