राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २०, २०७६
|
|
६० पटक हेरिएको
Shares
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

सारांश

  • काठमाडौं।
  • राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने  निर्वाचनका लागि आज  उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।
  •  निर्वाचन आयोगका अनुसार, आज विहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ।

काठमाडौं। राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने  निर्वाचनका लागि आज  उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।  निर्वाचन आयोगका अनुसार, आज विहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ।

उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भैसकेको छ। उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने आयोगले जनाएको छ। महिला, दलित वा अल्पङ्ख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ।

मनोनयनको औपचारिक पत्र, दलित, अल्पसङ्ख्यक वा अपाङ्गता भएका समूहबाट निर्वा्चित हुने पदको लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायले दिएको प्रमाणित हुने निस्सा पेश गर्नुपर्ने छ।

प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचन मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण  पनि पेश गर्नुुपर्ने आयोगले जनाएको छ।

निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्ने÷गराउने कार्यमा सबैको सहयोग र सहभागिताको लागि आयोगले अनुरोध गरेको छ। कूल ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाई अर्थात् १९ जना सदस्यको आगामी फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनका माध्यमबाट चयन हुने छ भने एक जनाको सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन हुने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरखाको धार्चे गाउँपालिकामा  मौसमी रुघाखोकी , स्वास्थ्य संस्थामा औषधि अभाव
गोरखाको धार्चे गाउँपालिकामा मौसमी रुघाखोकी , स्वास्थ्य संस्थामा औषधि अभाव
डा. बाबुरामले माओवादी बैठकमा पठाए दस्ताबेज (पूर्णपाठसहित)
डा. बाबुरामले माओवादी बैठकमा पठाए दस्ताबेज (पूर्णपाठसहित)
डाइपर लगाएर कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मी खटिए
डाइपर लगाएर कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मी खटिए
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस
मकवानपुरको गढीमा कोदोखेती गर्ने किसानको आकर्षण बढ्दो
मकवानपुरको गढीमा कोदोखेती गर्ने किसानको आकर्षण बढ्दो
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु
राजापाक्ष : दक्षिण एशियाकै शक्तिशाली राजनीतिक वंशको उदय र पतनको यात्रा
राजापाक्ष : दक्षिण एशियाकै शक्तिशाली राजनीतिक वंशको उदय र पतनको यात्रा
निर्वाचनको मिति फागुन महिनाभित्र घोषणा नभए सडक र सदनबाट दबाब : नेता पोख्रेल
कम्युनिष्टको आँधीहुरीले केही हाँगा भाँच्चिदैमा काँग्रेस मर्दैन : प्रवक्ता शर्मा
कम्युनिष्टको आँधीहुरीले केही हाँगा भाँच्चिदैमा काँग्रेस मर्दैन : प्रवक्ता शर्मा
दुर्घटनामा ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग
दुर्घटनामा ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग

तपाईंले छुटाउनुभयो कि?