संयुक्त टिकट काउन्टर

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र ११, २०७५
|
|
४३ पटक हेरिएको
Shares
संयुक्त टिकट काउन्टर

सारांश

  • पोखरा, ११ चैत पोखराबाट काठमाडौँका लागि माइक्रोबस सेवा सञ्चालन गर्दै आएका चार बस सञ्चालक समितिले आजदेखि संयुक्त टिकट काउन्टर सञ्चालनमा ल्याएका छन् ।
  • पृथ्वी राजमार्ग बस सञ्चालक समिति, नेपाल माइक्रोबस सञ्चालक समिति, सगुन यातायात सञ्चालक समिति र शुभयात्रा यातायात सञ्चालक समितिले यहाँको सस्तो बजारमा एउटै काउन्टर शुरु गरेका हुन् ।
  • यसअघि नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको जग्गा सात वर्षका लागि भाडामा लिएर छुट्टाछुट्टै दुई काउन्टर सञ्चालन हुँदै आएकामा सो स्थानमा बैंकले भवन निर्माण गर्न लागेकाले काउन्टर सार्नाका साथै थप दुई काउन्टरको संयुक्त टिकट काउन्टर सञ्चालनमा ल्याइएको हो ।

पोखरा, ११ चैत पोखराबाट काठमाडौँका लागि माइक्रोबस सेवा सञ्चालन गर्दै आएका चार बस सञ्चालक समितिले आजदेखि संयुक्त टिकट काउन्टर सञ्चालनमा ल्याएका छन् ।पृथ्वी राजमार्ग बस सञ्चालक समिति, नेपाल माइक्रोबस सञ्चालक समिति, सगुन यातायात सञ्चालक समिति र शुभयात्रा यातायात सञ्चालक समितिले यहाँको सस्तो बजारमा एउटै काउन्टर शुरु गरेका हुन् ।

यसअघि नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको जग्गा सात वर्षका लागि भाडामा लिएर छुट्टाछुट्टै दुई काउन्टर सञ्चालन हुँदै आएकामा सो स्थानमा बैंकले भवन निर्माण गर्न लागेकाले काउन्टर सार्नाका साथै थप दुई काउन्टरको संयुक्त टिकट काउन्टर सञ्चालनमा ल्याइएको हो । सो काउन्टर शुभारम्भका क्रममा जिल्ला प्रहरी प्रमुख ओम रानाले सुरक्षित यात्राका लागि लगानीकर्ता, चालक तथा सहचालक र यात्रु सबैको संयुक्त प्रयास आवश्यक हुने धारणा व्यक्त गर्नुभयोे ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एनकुमार साईले सुरक्षित, स्तरीय र सहज यात्राका लागि आफूहरू प्रतिबद्ध भएको बताउँदै यातायात व्यवसायीमाथि राज्यको दृष्टिकोण सकारात्मक हुनुपर्छ भन्नुभयो । पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले राज्यको खुला बजारको अवधारणाअनुरुप आफूहरू कम्पनीमा रुपान्तरण हुने प्रक्रियामा रहेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यवाहक राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट
कार्यवाहक राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट
के पी ओलीलाई ६ करोड दिएको भन्ने खबर चुनावी प्रपोगाण्डा मात्र- पुर्वमन्त्री महेश बस्नेत (भिडियो सहित )
के पी ओलीलाई ६ करोड दिएको भन्ने खबर चुनावी प्रपोगाण्डा मात्र- पुर्वमन्त्री महेश बस्नेत (भिडियो सहित )
राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो निर्णय यस्तो छ
राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो निर्णय यस्तो छ
जिब्राल्टारले मानेन अमेरिकाको आग्रह, पक्राउ गरेको इरानी तेल ट्याङ्कर छाडियो
जिब्राल्टारले मानेन अमेरिकाको आग्रह, पक्राउ गरेको इरानी तेल ट्याङ्कर छाडियो
पेरिस मास्टर्स टेनिसको उपाधि जोकोभिकलाई
पेरिस मास्टर्स टेनिसको उपाधि जोकोभिकलाई
मंसिर महिनाका लागि १४ वटा बाणिज्य बैंकले घटाए ब्याजदर
मंसिर महिनाका लागि १४ वटा बाणिज्य बैंकले घटाए ब्याजदर
६ दिनसम्मको रस्साकस्सीपछि युवासंघमा आयो यस्तो नयाँ नेतृत्व
६ दिनसम्मको रस्साकस्सीपछि युवासंघमा आयो यस्तो नयाँ नेतृत्व
गाउँ नै विस्थापित हुने अवस्था
गाउँ नै विस्थापित हुने अवस्था
प्रचण्डले मागे पार्टीभित्र एकल नेत्तृत्व
प्रचण्डले मागे पार्टीभित्र एकल नेत्तृत्व
सत्तारुढ दलबिचमा चरम असन्तुष्टि, मन्त्री परिषदको विस्तारको महाभारत ,अझै टुङ्गो लागेन..
सत्तारुढ दलबिचमा चरम असन्तुष्टि, मन्त्री परिषदको विस्तारको महाभारत ,अझै टुङ्गो लागेन..

तपाईंले छुटाउनुभयो कि?