सभामुखमा निर्विरोध निर्वाचित भएपछि महराले यसो भने

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन २७, २०७४
|
|
५९ पटक हेरिएको
Shares
सभामुखमा निर्विरोध निर्वाचित भएपछि महराले यसो भने

सारांश

  • काठमाडौं, २७ फागुन-  नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले जनताले निर्माण गरेको संविधान कार्यान्वयनलाई मुख्य केन्द्रमा राखेर आफूले जिम्मेवारी बहन गर्ने बताएका छन् ।
  • प्रतिनिधिसभाको सभामुखमा  निर्विरोध निर्वाचित भएपछि महरा  निर्वाचित भएको औपचारिक घोषणापछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान कार्यान्वयनका लागि आवश्यकपर्ने कानून निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।
  • सभामुख महराले भने, ‘सबै राजनीतिक दलले महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ, अब मुलुकलाई आवश्यकपर्ने कानून निर्माणमा मेरो प्राथमिकता हुनेछ ।

काठमाडौं, २७ फागुन-  नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले जनताले निर्माण गरेको संविधान कार्यान्वयनलाई मुख्य केन्द्रमा राखेर आफूले जिम्मेवारी बहन गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सभामुखमा  निर्विरोध निर्वाचित भएपछि महरा  निर्वाचित भएको औपचारिक घोषणापछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान कार्यान्वयनका लागि आवश्यकपर्ने कानून निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

सभामुख महराले भने, ‘सबै राजनीतिक दलले महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ, अब मुलुकलाई आवश्यकपर्ने कानून निर्माणमा मेरो प्राथमिकता हुनेछ ।’

उनले सबै नेपाली जनताको आस्था र मनोविज्ञानलाई सम्बोधन गर्ने र सबै समस्याको निकास निकाल्ने थलोका रुपमा संसद् रहेकाले त्यसलाई मनन गरेर आफू अघि बढ्ने बताए ।

निर्वाचित भएपछि महरालाई प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगातका सांसद र संसद् सचिवालयका कर्मचारीले बधाई दिएका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयोगको चेतावनी : कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने
आयोगको चेतावनी : कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने
हतियार बुझ्ने क्रममा एकजना प्रहरी जवान घाइते
हतियार बुझ्ने क्रममा एकजना प्रहरी जवान घाइते
प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने
प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने
कपिलवस्तु र  अर्घाखाँचीको ताजा मत पारीणाम
कपिलवस्तु र अर्घाखाँचीको ताजा मत पारीणाम
पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी
पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी
प्रकाण्डका छोरा विरेन्द्र ले फेरी सर्वोच्च अदालतमा रिट दायर गरे
प्रकाण्डका छोरा विरेन्द्र ले फेरी सर्वोच्च अदालतमा रिट दायर गरे
हेर्नुहोस कहाँ कहाँ सुरु भैसक्यो मतगणना !
हेर्नुहोस कहाँ कहाँ सुरु भैसक्यो मतगणना !
कैदीहरूबीच झडप, १३ को मृत्यु,
कैदीहरूबीच झडप, १३ को मृत्यु,
भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ
भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ
पूर्वमन्त्री मानबहादुर जबेगु राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत
पूर्वमन्त्री मानबहादुर जबेगु राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत

तपाईंले छुटाउनुभयो कि?