बढी उमेरका बुवाबाट जन्मिने छोरा तीक्ष्ण !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २७, २०७४
|
|
५० पटक हेरिएको
Shares
बढी उमेरका बुवाबाट जन्मिने छोरा तीक्ष्ण !

सारांश

  • बेलायतको किङ्स कलेज लन्डनमा गरिएको अनुसन्धानले बढी उमेरमा बुवा बन्नेहरुका छोरा ‘जिनियस’ (कुशाग्र÷तीक्ष्ण मस्तिष्कका) हुने सम्भावना धेरै हुने देखाएको छ।
  • अनुसन्धान अनुसार यस्ता बुवाका छोरा तीव्र र तीक्ष्ण बुद्धिका हुुुुन्छन्।
  • तर, अध्ययनले यो निष्कर्षमा आमाको उमेरको कुनै प्रभाव नपर्ने देखाएको छ।

बेलायतको किङ्स कलेज लन्डनमा गरिएको अनुसन्धानले बढी उमेरमा बुवा बन्नेहरुका छोरा ‘जिनियस’ (कुशाग्र÷तीक्ष्ण मस्तिष्कका) हुने सम्भावना धेरै हुने देखाएको छ।

अनुसन्धान अनुसार यस्ता बुवाका छोरा तीव्र र तीक्ष्ण बुद्धिका हुुुुन्छन्। तर, अध्ययनले यो निष्कर्षमा आमाको उमेरको कुनै प्रभाव नपर्ने देखाएको छ। साथै, छोरीहरूमा भने यसको कुनै प्रभाव नपर्ने निष्कर्ष निस्केको छ।

अनुसन्धानकर्ताले करिब १५ हजार जुम्ल्याहा बालबालिकालाई एउटा टेस्टमा सामेल गरेर ‘गिक इन्डेक्स’ तयार पारे। इन्डेक्समा १२ वर्षका जुम्ल्याहा बालबालिकाको ‘नन् भर्बल’ आइक्यु, कुनै विषयमा ध्यान केन्द्रित गर्ने क्षमता, समाजबाट अलग बस्नेजस्ता विषयमा बौद्धिक आँकलन गरिएको थियो।

‘गिक स्कोर’ धेरै भएका बालबालिकाले विद्यालयमा खासगरी विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितमा अब्बल नतिजा ल्याए। यसको सम्भावित कारणमध्ये बढी उमेरका पुरुषहरू ढिलो बुवा हुँदा प्रतिभाशाली वंशाणुबाट सन्तान जन्मने सम्भावना हुन्छ। यसबाहेक बढी उमेरका पुरुषका सन्तानले धेरै सुविधा पाउने वा कुनै वंशाणुको उत्परिवर्तन (म्युटेसन) हुने सम्भावना पनि रहन्छ।

सेफिल्ड युभिर्सिटीका प्रोफेसर एलन पेसी अनुसन्धानको निष्कर्ष राम्रो लागे पनि दम्पतीहरूले यही आधारमा सन्तान जन्माउन ढिलाइ गर्नु उचित नहुने बताउँछन्।

उनको सल्लाह छ, ‘बढी उमेरमा सन्तान जन्माउँदा गर्भधारणमा कठिनाइ, सुत्केरी हुन कठिनाइ, गर्भपात हुनसक्ने लगायत धेरै जोखिम बढ्ने हुनाले उचित उमेरमै सन्तान जन्माउनु उपयुक्त हुन्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या
सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या
निजी शिक्षकको व्यवस्थापन गर्दै स्थानीय तह
निजी शिक्षकको व्यवस्थापन गर्दै स्थानीय तह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द
विप्लवको हैसियत छैन, सिके राउतले मधेश अलग्याउन खोजेको छ : पाण्डे
विप्लवको हैसियत छैन, सिके राउतले मधेश अलग्याउन खोजेको छ : पाण्डे
एमालेका तर्फबाट काठमाडौँको मेयरमा प्रस्तुत विद्यासुन्दर को–हुन् ?
एमालेका तर्फबाट काठमाडौँको मेयरमा प्रस्तुत विद्यासुन्दर को–हुन् ?
कपिलवस्तुको गोरुसिंगेमा बस दुर्घटना, १५ घाइते
कपिलवस्तुको गोरुसिंगेमा बस दुर्घटना, १५ घाइते
प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ के हाे ?
प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ के हाे ?
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
मधेसका जनतालाई मतदानबाट वञ्चित नगर : नेता पोखरेल
मधेसका जनतालाई मतदानबाट वञ्चित नगर : नेता पोखरेल
उपप्रधानमन्त्री श्रेष्ठसँग बेलायती सांसद शर्माको भेटवार्ता
उपप्रधानमन्त्री श्रेष्ठसँग बेलायती सांसद शर्माको भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?