जेठ ९ गतेको राशीफल यस्तो छ, कुन राशीले आज के गर्दा उत्तम ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ९, २०७६
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
  • पार्टी तथा सेमिनारमा सहभागी भइएला ।
  • आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पिपलमा पानी चढाए उत्तम हुने योग छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । घरबाट निस्कनु अघि शिवको आराधना गर्नु होला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । कुनै पनि कार्य सुरु गर्दा पहिलो पाइला दाहिने गोडा चाल्नु होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । विशेष काममा निस्कदा पहेलो रंगको वस्त्र पहिरिनु आज उत्तम हुन्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग रहेको छ । कुनै विवाद उत्पन्न भए चुप लाग्दा वेश हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ । पूर्वी दिशामा भ्रमण हुन सक्ने सम्भावना छ, त्यसैले सुर्यलाई जल चढाएको खण्डमा काममा अवरोध नआउला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामान हराउने योग छ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटाव रहला । आज शुभ अंक १ रहेको छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेकोे र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । आज रातो वस्त्र लगाउनु उत्तम देखिन्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद बढ्नेछ । विवादमा पर्ने सम्भावना भएकाले सजगता अपनाउनु होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मान प्रतिष्ठामा बृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी हुने भएकाले गणेशको पूजा गर्न नभुल्नु होला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) निर्णायक क्षमतामा कमी आउनेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । कुनै निर्णय गर्नु अघि शिवको स्मरण गर्न नभुल्नु होला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विशिष्ठ व्यक्तिको साथ पाईनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । जोश,जाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोवार हुनेछ । व्यर्थको विवादमा फस्ने योग देखिएकाले विवादबाट टाढै रहनु राम्रो हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?