अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २५, २०८१
|
|
४४ पटक हेरिएको
Shares
अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा

सारांश

  • काठमाडौं।
  • अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ।
  • लगातार रेकर्ड ब्रेक गरिरहेको डलरको मूल्यले बिहीबार पनि अघिल्लो दिनको रेकर्ड ब्रेक गरेको हो।

काठमाडौं। अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ। लगातार रेकर्ड ब्रेक गरिरहेको डलरको मूल्यले बिहीबार पनि अघिल्लो दिनको रेकर्ड ब्रेक गरेको हो।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार एक डलरको मूल्य बिक्रीदरतर्फ १३४ रुपियाँ ६४ पैसामा कारोबार भएको छ भने खरिददर पनि १३४ रुपियाँ ०४ पैसामा कारोबार भएको छ।

बिहीबार डलरको मूल्यमा निरन्तर तेस्रो रेकर्ड हो। गत शनिबारको रेकर्डलाई तोडेर डलरको मूल्यले मङ्गलबार नयाँ रेकर्ड बनाएको थियो। सो रेकर्डलाई बुधबार तोडेको थियो भने बुधबारको रकेर्डलाई बिहीबार तोडेको हो।

डलरको मूल्यमा नयाँ रेकर्ड ब्रेक भइरहँदा नेपाली मुद्राको अहिलेसम्मकै अवमूल्यन भएको छ। भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपियाँ सबैभन्दा सस्तो दरमा झरेको हो । नेपाली रुपियाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर कायम छ।

अमेरिकी डलरको मूल्य वृद्धि भइरहँदा नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव परे पनि आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याज र साँवालाई असर गर्ने विश्लेषक बताउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिकिस्सा शिक्षा विद्येयकको विरोधमा उत्रिएका बिद्यार्थी पक्राउ
चिकिस्सा शिक्षा विद्येयकको विरोधमा उत्रिएका बिद्यार्थी पक्राउ
कांग्रेसले ७ जिल्लाका उम्मेदवार टुंग्यायो, कस–कसले पाए टिकट ? (सूचिसहित)
कांग्रेसले ७ जिल्लाका उम्मेदवार टुंग्यायो, कस–कसले पाए टिकट ? (सूचिसहित)
प्रिमियर लिगः लिभरपुलको लगातार दोस्रो जित
प्रिमियर लिगः लिभरपुलको लगातार दोस्रो जित
१० वर्षीया बालिकाको बलात्कारमा आफ्नै दुई काका दोषी
१० वर्षीया बालिकाको बलात्कारमा आफ्नै दुई काका दोषी
प्रमुख दलले कहाँकहाँ जित्दैछन्: निर्वाचनको तीन दिनअघि आयो यस्तो रिपोर्ट
प्रमुख दलले कहाँकहाँ जित्दैछन्: निर्वाचनको तीन दिनअघि आयो यस्तो रिपोर्ट
गोकर्ण बिष्ट र लालबाबु पण्डित: अक्षम की प्रधानमन्त्रीको आँखाको तारो
गोकर्ण बिष्ट र लालबाबु पण्डित: अक्षम की प्रधानमन्त्रीको आँखाको तारो
बालेन शाहले आतंक मच्याएको भन्दै उद्योग वाणिज्य संघले महानगरसँग क्षतिपूर्ति माग्ने
बालेन शाहले आतंक मच्याएको भन्दै उद्योग वाणिज्य संघले महानगरसँग क्षतिपूर्ति माग्ने
मन्त्री हेरफेरबारे मन्त्रीहरू नै बेखबर
मन्त्री हेरफेरबारे मन्त्रीहरू नै बेखबर
जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका
जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका
राष्ट्रपति भारत भ्रमणमा जाँदा-आउँदा दुबै दिन सार्वजनिक विदा
राष्ट्रपति भारत भ्रमणमा जाँदा-आउँदा दुबै दिन सार्वजनिक विदा