कार्यकाल थप्न सशस्त्रका ३ डिआइजीको दौडधुप

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १३, २०७६
|
|
५६ पटक हेरिएको
Shares
कार्यकाल थप्न सशस्त्रका ३ डिआइजीको दौडधुप

सारांश

  • केही दिनभित्रै नियमित अवकाश पाउन लागेका सशस्त्र प्रहरीका तीन नायब महानिरीक्षक डीआईजी कार्यकाल बढाउन दौडधुपमा लागेका छन् ।
  • पाँचवर्षे पदावधिका कारण पुस १६ बाट अवकाश पाउन लागेका डीआईजीत्रय सुरजकुमार श्रेष्ठ, अरविन्द धिताल र बाबुराम पाण्डे सशस्त्र प्रहरी नियमावली संशोधन गरेर एक वर्ष कार्यकाल थप्न सक्रिय भएका हुन् ।
  • ०७२ पुस १७ गते उनीहरू एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए ।

केही दिनभित्रै नियमित अवकाश पाउन लागेका सशस्त्र प्रहरीका तीन नायब महानिरीक्षक डीआईजी कार्यकाल बढाउन दौडधुपमा लागेका छन् । पाँचवर्षे पदावधिका कारण पुस १६ बाट अवकाश पाउन लागेका डीआईजीत्रय सुरजकुमार श्रेष्ठ, अरविन्द धिताल र बाबुराम पाण्डे सशस्त्र प्रहरी नियमावली संशोधन गरेर एक वर्ष कार्यकाल थप्न सक्रिय भएका हुन् ।

०७२ पुस १७ गते उनीहरू एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए । श्रेष्ठ हाल सशस्त्र प्रहरी प्रवक्ताका रूपमा कार्यरत छन् । धिताल सशस्त्र प्रहरी प्रधान कार्यालय प्रशासन निर्देशनालय र पाण्डे मुक्तिनाथ वाहिनी पोखराका वाहिनीपति छन् । पाण्डे मंसिर २३ मा तीन साता लामो बिदा स्वीकृत गराएर काठमाडौंमा छन् । उच्च स्रोतले दिएको जानकारीअनुसार नियमावलीको दफा ६५ मा भएको व्यवस्था संशोधन गरेर डीआईजीको पदावधि ६ वर्ष बनाउन चलखेल भइरहेको छ । यस विषयमा गृहसचिव प्रेमकुमार राई र गृहप्रवक्ता केदारनाथ शर्मासँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन । नियमावली संशोधन मन्त्रिपरिषद्ले गर्छ । सशस्त्र प्रहरी प्रधान कार्यालयबाट गृह हुँदै प्रक्रियागत रूपमा संशोधन गर्न सम्भव नभएपछि गृहबाटै ठाडो प्रस्ताव तयार गर्न सचिव राईलाई ‘माथि’ बाट दबाब आएको स्रोत बताउँछ । राईले आफू त्यस्तो प्रस्ताव तयार नपार्ने भन्दै पन्छिएका छन् ।

उच्च स्रोतका अनुसार सार्वजनिक बिदा भए पनि शनिबार गृहका केही अधिकारीहरू मन्त्रालय गएका थिए । ‘डीआईजीहरूको कार्यकाल एक वर्ष थप्ने प्रयोजनअन्तर्गत नै नियमावली संशोधन प्रस्तावको टिप्पणी उठाउन उहाँहरूलाई शनिबार पनि कार्यालय बोलाइएको हो,’ स्रोतले भन्यो, ‘तर अवकाशमा जान लागेकाको कार्यकाल थप्ने वा नथप्ने भन्नेमा मन्त्रालय र त्यसभन्दा माथि पनि मतभेद छ ।’ केही दिनअघि मात्रै अवकाशमा जान लागेका डीआईजीहरू गृहसचिव राईलाई भेट्न गृह मन्त्रालय पुगेका थिए । तर राईले डीआईजीहरूलाई ‘अवकाश हुन लागेका अधिकृतहरूको म्याद थप गर्दा संगठनलाई दीर्घकालीन असर पुग्ने’ भन्दै आफूले नियमावली संशोधन प्रस्ताव अघि नबढाउने प्रस्ट पारेका थिए । ‘संगठन विधिले चल्ने हो, व्यक्तिकेन्द्रित भएर होइन,’ आफूलाई भेट्न आएका डीआईजीलाई गृहसचिव राईले भनेका थिए, ‘अवकाशकै मुखमा म्याद थप्ने निर्णय गर्दा स्वाभाविक प्रक्रियाबाट बढुवा हुन लागेकाको करिअरमा असर पुग्छ ।’ कान्तिपुर दैनिकबाट

(http://rxreviewz.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि माइक्रो चालक र खलासीलाई फ्लोरेन्स ज्याकेट अनिवार्य
आजदेखि माइक्रो चालक र खलासीलाई फ्लोरेन्स ज्याकेट अनिवार्य
Nepal and China’s growing border trade
Nepal and China’s growing border trade
विराटनगर र दमकमा आजै मतगणना सुरु हुने, इटहरीको टुंगो छैन, धरानमा भोलि मात्र
विराटनगर र दमकमा आजै मतगणना सुरु हुने, इटहरीको टुंगो छैन, धरानमा भोलि मात्र
कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा एक स्थानीय तह, एक अन्न भकारी
कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा एक स्थानीय तह, एक अन्न भकारी
काठमाडौं क्षेत्र नं २ मा नेकपा एमाले बाट माधव कुमार नेपाल सर्वसम्मत
काठमाडौं क्षेत्र नं २ मा नेकपा एमाले बाट माधव कुमार नेपाल सर्वसम्मत
विप्लवका  कार्यकर्ता  पक्राउ गर्न  सरकारले  स्वीकृति दिएन
विप्लवका कार्यकर्ता पक्राउ गर्न सरकारले स्वीकृति दिएन
त्रिपुरा सुन्दरी गाउँपालिकाको काठमाडौँ ल्होसार कार्यक्रम
त्रिपुरा सुन्दरी गाउँपालिकाको काठमाडौँ ल्होसार कार्यक्रम
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
1XBet зеркало для входа на официальный сайт сегодн
मिनी ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा सल्यानमा दुईजना घाइते
मिनी ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा सल्यानमा दुईजना घाइते

तपाईंले छुटाउनुभयो कि?