संशोधनमा दुईतिहाई नपुगेपछि सरकारले संसद बैठक स्थगित गरायो

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख १७, २०७४
|
|
१०३३ पटक हेरिएको
Shares
संशोधनमा दुईतिहाई नपुगेपछि सरकारले संसद बैठक स्थगित गरायो

सारांश

  • काठमाडौं, १७ बैशाख– शनिवार रातभरी लगाएर सत्तापक्ष र मधेसी मोर्चाको एउटै संशोधन प्रस्ताव संसदमा दर्ता गराएको सरकार आइतबार जसरी पनि संविधान संशोधन पारित गर्ने तयारीमा थियो ।
  • तर, आइतबार सत्तारुढ प्रस्तावको पक्षमा दुईतिहाई नपुग्ने सम्भावना प्रष्ट भएपछि सभामुख ओनसरी घर्तीले बैशाख २१ गते सम्मका लागि सूचना टाँस गरी संसद बैठक स्थगित गरेकी छिन् ।
  • संशोधनको कार्यसूची सरकारले संसदमा प्रस्तुत गरेको हुनाले सरकार स्वयं नै उक्त कार्यसूचीबाट पछि हट्नु पर्ने सूचना सभामुखलाई दिएपछि संसद बैठक स्थगित भएको हो ।

काठमाडौं, १७ बैशाख– शनिवार रातभरी लगाएर सत्तापक्ष र मधेसी मोर्चाको एउटै संशोधन प्रस्ताव संसदमा दर्ता गराएको सरकार आइतबार जसरी पनि संविधान संशोधन पारित गर्ने तयारीमा थियो । तर, आइतबार सत्तारुढ प्रस्तावको पक्षमा दुईतिहाई नपुग्ने सम्भावना प्रष्ट भएपछि सभामुख ओनसरी घर्तीले बैशाख २१ गते सम्मका लागि सूचना टाँस गरी संसद बैठक स्थगित गरेकी छिन् ।

संशोधनको कार्यसूची सरकारले संसदमा प्रस्तुत गरेको हुनाले सरकार स्वयं नै उक्त कार्यसूचीबाट पछि हट्नु पर्ने सूचना सभामुखलाई दिएपछि संसद बैठक स्थगित भएको हो ।

आइतबार फास्टट्र्याकबाट संशोधन प्रस्ताव पारित गराउने सहमति मधेस केन्द्रित मोर्चासँग भएको भनी कांग्रेस र माओवादीका नेताहरुले प्रचार गर्दै आइरहेका थिए । एमालेले संशोधन प्रस्तावमा सहमति नदिने वताएपछि सत्तारुढ पक्षका नेता शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालले पटक पटक एमाले बाहेक नै दुईतिहाई पुर्याएर देखाइदिने वताउँदै आएका छन् । आइतबार भने यसरी देखाउन नसकेपछि संसद बैठक स्थगित भएको छ र आफ्नो पक्षमा पर्याप्त समर्थन देखाउन चार दिनको समय सत्तापक्षले लिएको छ ।

मधेस केन्द्रित मोर्चासँग भएको भनी प्रचारित सहमति अनुसार स्थानीय तहको पहिलो चरणको चुनावमा उम्मेदवार मनोनयन गर्ने मिति बैशाख १९ अघि नै संशोधन गर्ने भनी सत्तापक्षले भन्दै आएको छ । अव चार दिन म्याद थपिएपछि मोर्चाको रणनीति के हुने भन्ने अन्यौल बढेको छ भने सत्तापक्षले बाँकी चार दिनमा सम्पूर्ण शक्ति लगाएर संशोधन प्रस्तावको पक्षमा दुईतिहाई मत पुर्याउन प्रयास गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओलीलाई पूर्वराजा जस्तै बनाइदिने देउबाको चेतावनी
केपी ओलीलाई पूर्वराजा जस्तै बनाइदिने देउबाको चेतावनी
सिरहाः दुर्घटनामा परी तीनजनाकाे मृत्यु !
सिरहाः दुर्घटनामा परी तीनजनाकाे मृत्यु !
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको  बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन
रंगेहात पक्राउ परेकी महिलाको प्रहरी हिरासतमा मृत्यु
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत
शनिबार विहान ११ बजे बस्नेगरि नेकपा स्थायी कमिटी बैठक स्थगित्
शनिबार विहान ११ बजे बस्नेगरि नेकपा स्थायी कमिटी बैठक स्थगित्
सरकार गठनसँगै शेयर बजार उकालोतर्फ
सरकार गठनसँगै शेयर बजार उकालोतर्फ
​सीआइबीलाई टक्कर दिँदै गृहमन्त्री
​सीआइबीलाई टक्कर दिँदै गृहमन्त्री
प्रकाश कटुवाल र गायिका सिर्जु अधिकरीको तिज गीत  बजारमा !
प्रकाश कटुवाल र गायिका सिर्जु अधिकरीको तिज गीत बजारमा !
सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन , मधेसी युवाले भने– “हामी नेपाल टुक्रिन दिन्नौं”
सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन , मधेसी युवाले भने– “हामी नेपाल टुक्रिन दिन्नौं”