संशोधन प्रस्ताव पारित नभए मोर्चाले चुनावमा भाग नलिने…

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन १७, २०७३
|
|
२७९ पटक हेरिएको
Shares
संशोधन प्रस्ताव पारित नभए मोर्चाले चुनावमा भाग नलिने…

सारांश

  • संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव पारित गरेर मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउन र अन्यथा आफूहरु निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।
  • मोर्चाका आज यहाँ बसेको बैठकले संविधान संशोधन प्रक्रिया नै आफूहरुको प्रमुख सर्त भएको भन्दै सोही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको हो ।
  • सो बारेमा बुधबार पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफल गर्ने निर्णय गरेको मोर्चाका नेता केशव झाले राससलाई जानकारी दिनुभयो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव पारित गरेर मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउन र अन्यथा आफूहरु निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

मोर्चाका आज यहाँ बसेको बैठकले संविधान संशोधन प्रक्रिया नै आफूहरुको प्रमुख सर्त भएको भन्दै सोही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको हो । सो बारेमा बुधबार पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफल गर्ने निर्णय गरेको मोर्चाका नेता केशव झाले राससलाई जानकारी दिनुभयो ।

उहाँले संविधान संशोधन प्रस्तावमाथि परेको संशोधन प्रस्तावलाई मिलाएर प्रस्ताव अगाडि बढाउन माग गरिएको बताउनुभयो । त्यसो हुन नसके निश्चित दिनको समयसीमा दिएर सरकारबाट समर्थन फिर्ता लिनेसम्मको निर्णय हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?