संशोधित समाचार : ‘बालकलाई परिचालकका रूपमा प्रयोग नगरौँ’

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख ५, २०७५
|
|
४३ पटक हेरिएको
Shares
संशोधित समाचार : ‘बालकलाई परिचालकका रूपमा प्रयोग नगरौँ’

सारांश

  • काठमाडौँ, ५ वैशाख , सरकारले ‘बालश्रम मुक्त यातायात अभियान, २०७५’ शुरु गरेको छ ।
  • नित्कृष्ट तथा जोखिमपूर्ण श्रम क्षेत्रका रूपमा मानिएको सार्वजनिक सवारी साधनलाई बालश्रममुक्त बनाउन केन्द्रीय बालकल्याण समिति र श्रम कार्यालय वाग्मती, टेकुलगायतका संघसंस्थाको अगुवामा शुरु गरिएको अभियानअन्तर्गत पहिलो दिन आज पुरानो बसपार्कबाट १४ जना बालबालिकालाई उद्धार गरेको छ ।
  • अभियानअन्तर्गत बाल अनुगमन तथा उद्धार कार्य र स्टिकर टाँस्ने कामसमेत गरिएको छ ।

काठमाडौँ, ५ वैशाख , सरकारले ‘बालश्रम मुक्त यातायात अभियान, २०७५’ शुरु गरेको छ ।

नित्कृष्ट तथा जोखिमपूर्ण श्रम क्षेत्रका रूपमा मानिएको सार्वजनिक सवारी साधनलाई बालश्रममुक्त बनाउन केन्द्रीय बालकल्याण समिति र श्रम कार्यालय वाग्मती, टेकुलगायतका संघसंस्थाको अगुवामा शुरु गरिएको अभियानअन्तर्गत पहिलो दिन आज पुरानो बसपार्कबाट १४ जना बालबालिकालाई उद्धार गरेको छ ।

अभियानअन्तर्गत बाल अनुगमन तथा उद्धार कार्य र स्टिकर टाँस्ने कामसमेत गरिएको छ । अभियानको पहिलो चरणमा सचेतनामूलक कार्यक्रम गरिँदै आएकामा आजदेखि उद्धार कार्य नै शुरु गरिएको श्रम कार्यालयका प्रमुख उदयकुमार गुप्ताले जानकारी दिनुभयो ।

बालश्रममुक्त सार्वजनिक यातायात (बस, मिनीबस, माइक्रोबस, टेम्पो, ढुवानीका साधन) अभियानअन्तर्गत पहिलो चरणमा विभिन्न सञ्चारमाध्यमबाट सचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

नेपालको संविधान, बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन नहुने र लगाएमा दण्डित हुने व्यवस्था छ । अभियानअन्तर्गत उपत्यकाका लगनखेल बसपार्क, कोटेश्वर, स्वयम्भूलगायत स्थानमा अनुगमन गरिने छ ।

“उद्धार गरिएका बालबालिकाको विवरण लिएर अभिभावकलाई बुझाउने र उनीहरूको पठनपाठनमा सहयोग गर्ने, यदि अभिभावकको टुङ्गो नलागेको खण्डमा अल्पकालीन आश्रयस्थलमा राखेर उनीहरूको व्यवस्थापन गरिनेछ”, कार्यालय प्रमुख गुप्ताले भन्नुभयो । कार्यालय प्रमुखका अनुसार सवारी धनीलाई ‘बालश्रम निषेध तथा नियमन गर्न बनेको ऐन, २०५६’ अनुसार कारबाही गरिनेछ ।

समितिले सञ्चालन गरेको काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त बनाउने अभियानअन्तर्गत आव २०७३÷७४ सम्ममा ६५६ बालबालिकालाई उद्धार गरी व्यवस्थापन गरिएको समितिले जनाएको छ ।

हाल मुलुकका ४६ जिल्लामा करीब ५६७ आवासीय बालगृह सञ्चालनमा छन् । ती बालगृहमा जम्मा १६ हजार ५३६ बालबालिका (बालक, आठ हजार ३१८ र बालिका आठ हजार २१८) ले संरक्षण पाएका छन् ।

समितिको अध्ययनमा काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा करीब ५०० बालकको प्रयोग भएको पाइन्छ । बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार बालबालिकालाई श्रमिकका रूपमा काममा लगाएमा एक वर्षसम्म कैद वा रु ५० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार कसैले पनि १६ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई सार्वजनिक परिवहनलगायतका वा निकृष्ट तथा जोखिमपूर्ण व्यवसाय वा काममा लगाउन हुँदैन भनिएको छ । यातायात व्यवसायीले भने बालबालिकाको विकल्पसहित व्यवस्थापन गरेको खण्डमा आफूहरूले सहयोग गर्ने धारणा राख्दै आएका छन् ।

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले कुनै पनि बालक सार्वजनिक सवारी साधनमा श्रमिकका रूपमा काम गरेको पाइएमा उद्धारका लागि सहयोग गर्न अपिल गर्नुभयो । सहयोगका लागि बालबालिका खोजतलास समन्वय केन्द्रको टोल फ्री फोन नं १०४ वा बाल हेल्पलाइनको टोलफ्री फोन नं १०९८ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा
नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा
महिलाविरुद्धको विभेद र हिंसा निराकरण गरी अधिकार सुनिश्चित गर्न राष्ट्रपतिको जोड
महिलाविरुद्धको विभेद र हिंसा निराकरण गरी अधिकार सुनिश्चित गर्न राष्ट्रपतिको जोड
महालक्ष्मी विकास बैंकको विशेष खाता, उच्च ब्याजदर, मासिक ब्याज भुक्तानी
महालक्ष्मी विकास बैंकको विशेष खाता, उच्च ब्याजदर, मासिक ब्याज भुक्तानी
कर्णाली सरकारको श्रम दिनः सरसफाइसँगै फलफूल वितरण
कर्णाली सरकारको श्रम दिनः सरसफाइसँगै फलफूल वितरण
आज नेप्सेमा दोहोरो अंकको गिरावट, इन्फ्रास्ट्रक्चर बैंकको १० प्रतिशतले शेयरमुल्य बृद्धि
आज नेप्सेमा दोहोरो अंकको गिरावट, इन्फ्रास्ट्रक्चर बैंकको १० प्रतिशतले शेयरमुल्य बृद्धि
Mostbet Uzbekistan Официальный Сайт Спортивных Ставок И Онлайн-казино Uz 202
लहान नगरपालिकामा एमालेको जीत, मुन्नी साह बने मेयर’
लहान नगरपालिकामा एमालेको जीत, मुन्नी साह बने मेयर’
एकै परिवारका ५ दिदी बहिनीमाथि एक पादरीले यौन शोषण गरेपछि !
एकै परिवारका ५ दिदी बहिनीमाथि एक पादरीले यौन शोषण गरेपछि !
बूढीगण्डकी जलविद्युत् आयोजना रद्द गरेपछि बेइजिङमा बेचैनी !
बूढीगण्डकी जलविद्युत् आयोजना रद्द गरेपछि बेइजिङमा बेचैनी !
नेपाल पर्यो तीव्र आर्थिक वृद्धि हुने देशमा,  प्रतिव्यक्ति आयमा ३० अमेरिकी डलरले वृद्धि
नेपाल पर्यो तीव्र आर्थिक वृद्धि हुने देशमा, प्रतिव्यक्ति आयमा ३० अमेरिकी डलरले वृद्धि

तपाईंले छुटाउनुभयो कि?