सडक कालोपत्र भएसँगै फेरियो गाउँको मुहार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
४६ पटक हेरिएको
Shares
सडक कालोपत्र भएसँगै फेरियो गाउँको मुहार

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बजारदेखि पश्चिम बिरिङखोलाको किनारसम्म सडक कालोपत्र गरिएसँगै त्यस क्षेत्रका सर्वसाधारण हर्षित भएका छन् । सुगम जिल्लाका रूपमा चिनिएको झापाको पनि दुर्गम गाउँका रूपमा रहेको बाह्रदशी गाउँपालिकामा सडक कलोपत्र हुन थालेसँगै स्थानीयवासी हर्षित भएका हुन् । आदिवासी समुदायको बाहुल्य रहेको भागुडुब्बा विकासका दृष्टिकोणले पछि परेको ठाउँ हो । मुलुक सङ्घीयतामा गएसँगै स्थानीय तहको निर्वाचनपछि यस गाउँपालिकामा अहिले विकास निर्माणका कामले गति लिएको छ । योसँगै स्थानीयवासीसमेत हर्षित बनेका हुन् ।

सीमाक्षेत्र विकास कार्यक्रमअन्तर्गत रु ४१ लाखको लागतमा गाउँपालिकाभित्र भागुडुब्बा बजार पश्चिम बिरिङखोलाको किनारसम्मको सडक कालोपत्र गरिएसँगै आवागमनमा सहज भएको स्थानीयवासीको भनाइ छ । अहिले गाउँपालिकाले ३ नं वडाको राजगढबजार र आसपासको सडक रु एक करोड खर्च गर्दै कालोपत्र गरेको छ । योसँगै गाउँपालिकाभित्र रहेका अन्य सडकको समेत कालोपत्रका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्दै काम अघि बढाइएको छ ।

“भागुडुब्बाबाट बिरिङखोलासम्म सडकमा गरिएको कलोपत्र गाउँपालिकाभित्रकै पहिलो र नमूना सडक हो”, वडा नं १ का अध्यक्ष शम्भुसिंह राजवंशीले भन्नुभयो, “यो सडक निर्माणसँगै यस क्षेत्रका स्थानीयवासीलाई भागुडुब्बा र राजगढबजार आउन तथा भारतीय बजार दिघल बैंकसम्म जानसमेत सहज भएको छ ।”

गाउँपालिकाले अहिले सडक कालोपत्र, गाउँगाउँमा विद्युत् विस्तारसँगै विकासका पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेसँगै गाउँकै मुहार फेरिएको स्थानीयवासी दिलीप राजवंशी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गाउँमा यति राम्रो सडक बन्ला भन्ने लागेकै थिएन, वर्षाैँदेखि धुलाम्मे र हिलाम्मे सडकमा हिँड्न बाध्य थियौँ, अहिले सडक कालोपत्र भएसँगै दक्षिणी झापाका हामी सबैलाई सहज भएको छ ।”

सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षामा हिलैहिलो हुने समस्या हटेर गएको स्थानीयवासी पुष्पा यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “घर अगाडिको बाटो कालोपत्र हुँदा छुट्टै आनन्द हुँदोरहेछ । छोराछोरीलाई स्कूल पठाउन पनि पहिला समस्या थियो, अहिले नानीहरु साइकलमा आफैँ स्कूल जान्छन् ।”

उहाँका अनुसार सडक कालोपत्र गर्नुअघि वर्षात्को समयमा सडकमा परेका खाल्डाखुल्डीका कारण पानी जम्ने गरेकाले गाउँमा कोही बिरामी हुँदा एम्बुलेन्स ल्याउने अवस्था थिएन । “अहिले त्यो सबै समस्या हटेर गयो”, यादवले भन्नुभयो, “यहाँ बाटो मात्रै होइन वडाध्यक्षका रूपमा शम्भुसिंहलाई पाएपछि यो ठाउँको मुहारै फेरियो ।”

गाउँगाउँका सडक कालोपत्र गरेसँगै बाह्रदशी गाउँपालिका मात्र होइन, झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकाका स्थानीयवासीसमेत खुशी देखिएका छन् । अहिले शहरका सडकभन्दा गाउँका सडक राम्रा भएपछि स्थानीयवासीमा उत्साह छाएको झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले बताउनुभयो । “झापा गाउँपालिकाको पहिलो प्राथमिकता नै विकास निर्माण हो । त्यसमाथि पनि शिक्षासँगै सडक निर्माण, खानेपानी, विद्युत्, कृषिलाई गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो, “अहिले हामी गाउँगाउँका सबै सडक कालोपत्र गरिरहेका छौँ, रु २० लाखमाथिका सबै योजना बोलपत्र प्रक्रियाबाट सडक कालोपत्र गरिरहेका छौँ ।”

गाउँ जोड्ने ठूला मात्र होइन साना सडक पनि कालोपत्र गरेर चिल्लो बनाइएका कारण झापाको दक्षिणी क्षेत्रका सबै सडक चिटिक्क परेका छन् । सडक सञ्जालको पहुँच नपुगेको झापाका दुर्गम गाउँमा पनि अहिले सडक विस्तारसँगै कालोपत्र गर्न शुरु गरेसँगै स्थानीयवासी हर्षित देखिएका छन् । स्थानीय तहको निर्वाचनअघि झापाका मुख्य शहर विर्तामोड, दमक, अर्जुनधारा, काँकडभिट्टा र भद्रपुर जोड्नेबाहेक अन्य सडक पक्की थिएनन् । जिल्लामा दुर्गम मानिने कचनकवल गाउँपालिका क्षेत्रमा अहिले कालोपत्र दुईलेन सडक पुगेको छ ।

सडक कालोपत्र भएकै कारण गाउँका नागरिक बजार पुगेर समयमै घर फर्किन्छन् । ठूलाठूला यात्रुवाहक बस गाउँमै आउन थालेका छन् । बाह्रदशी गाउँपालिका–३ राजगढका वडा सदस्य लक्ष्मी निरौला अधिकारीले भन्नुभयो, “गाउँमा थुप्रै विकास गर्न बाँकी छ, हामी प्राथमिकताका आधारमा विकास निर्माणका काम गरिरहेका छौँ । पहिलो प्राथमिकतामा सडकलाई राखेका छौँ ।”

कालोपत्र सडक गाउँमै पुगेपछि स्थानीय उत्पादनले राम्रो बजार पाएको छ । गाउँमा उत्पादन गरिएका तरकारीलगायतका बाली शहरी क्षेत्रका बजारमा बिक्री गर्न लाने गरेको बाह्रदशीका कृषक लक्ष्मीनारायण साहले बताउनुभयो ।

(theseedpharm.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धितोपत्र बोर्डबाट वेल्थ म्यानेजमेण्ट एण्ड मर्चेण्ट बैंकलाई अनुमति
धितोपत्र बोर्डबाट वेल्थ म्यानेजमेण्ट एण्ड मर्चेण्ट बैंकलाई अनुमति
ताम्राकार मोबाइल कम्प्लेक्समा अबलोकनकर्ताको भीड
ताम्राकार मोबाइल कम्प्लेक्समा अबलोकनकर्ताको भीड
आगलागीबाट बागलुङमा जले दुई घर
आगलागीबाट बागलुङमा जले दुई घर
सेनाको हिमाल सफाइ टोली अन्नपूर्णमा
सेनाको हिमाल सफाइ टोली अन्नपूर्णमा
बाल सुधार गृह घटनाको अपडेट : १९ सुरक्षाकर्मी र १० बालबन्दी घाइते
बाल सुधार गृह घटनाको अपडेट : १९ सुरक्षाकर्मी र १० बालबन्दी घाइते
संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो
संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो
रविन्द्र अधिकारीको निधनपछि सामाजिक संजालमा विकृत मानसिकता
रविन्द्र अधिकारीको निधनपछि सामाजिक संजालमा विकृत मानसिकता
पेट्रोल र डिजेलको मुल्य बढ्यो, एलपी ग्यासको रु २५ घट्यो
पेट्रोल र डिजेलको मुल्य बढ्यो, एलपी ग्यासको रु २५ घट्यो
लकडाउनमा ताजा तरकारी पाइएन ? मनोहरा कृषि बजारलाई फोन गर्नुस् चोकमा आइपुग्छ
लकडाउनमा ताजा तरकारी पाइएन ? मनोहरा कृषि बजारलाई फोन गर्नुस् चोकमा आइपुग्छ
फिदिम–१ नेकपा, हिलिहाङ–७ मा काँग्रेस विजयी
फिदिम–१ नेकपा, हिलिहाङ–७ मा काँग्रेस विजयी