सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन, फेरि साँझ बैठक बस्ने
सारांश
- स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।
- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा गठबन्धन दलबीचमा भागबन्डा मिलाउने भनिएको गठबन्धन बैठक विना निष्कर्ष टुङ्गिएको हो ।
- पूर्वनिर्धारित पत्रकार सम्मेलनमा सहभागी हुन प्रचण्ड गठबन्धन बैठकबाट बाहिरिएका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा गठबन्धन दलबीचमा भागबन्डा मिलाउने भनिएको गठबन्धन बैठक विना निष्कर्ष टुङ्गिएको हो ।
पूर्वनिर्धारित पत्रकार सम्मेलनमा सहभागी हुन प्रचण्ड गठबन्धन बैठकबाट बाहिरिएका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । प्रचण्ड बाहिरिएपछि अहिलेका लागि बैठक स्थगित गरिएको छ । प्रचण्डको पत्रकार सम्मेलन सकिएपछि फेरि गठबन्धन बैठक बस्ने उनकाे भनाइ छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया