अध्यक्ष ओली यूरोपेली संघ प्रतिनिधिमण्डल शिष्टाचार भेट

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक २१, २०७४
|
|
३७ पटक हेरिएको
Shares
अध्यक्ष ओली यूरोपेली संघ प्रतिनिधिमण्डल शिष्टाचार भेट

सारांश

  • नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग यूरोपेली संघका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेकोे छ ।
  • सिंहदरबारमा भएको सो भेटमा आगामी मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका विषयमा छलफल भएको थियो ।
  • सो अवसरमा अध्यक्ष ओलीले निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित बनाउन आफ्नो पार्टीको सकारात्मक भूमिका रहने बताउँदै त्यसको प्रत्यक्ष अवलोकन गर्नका लागि यूरोपेली संघका प्रतिनिधिमण्डललाई आग्रह गर्नुभएको भेटमा सहभागी एमालेका पोलिटब्यूरो सदस्य विष्णु रिमालले बताउनुभयो ।

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग यूरोपेली संघका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेकोे छ ।

सिंहदरबारमा भएको सो भेटमा आगामी मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका विषयमा छलफल भएको थियो ।

सो अवसरमा अध्यक्ष ओलीले निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित बनाउन आफ्नो पार्टीको सकारात्मक भूमिका रहने बताउँदै त्यसको प्रत्यक्ष अवलोकन गर्नका लागि यूरोपेली संघका प्रतिनिधिमण्डललाई आग्रह गर्नुभएको भेटमा सहभागी एमालेका पोलिटब्यूरो सदस्य विष्णु रिमालले बताउनुभयो ।

निर्वाचन निष्पक्ष गराउनेबारेमा निर्वाचन आयोगको भूमिका र प्रतिबद्धताका बारेमा प्रतिनिधिमण्डलले जिज्ञासा राखेका थिए ।

सो जिज्ञासाका जवाफमा अध्यक्ष ओलीले आफू अहिले कसैलार्ई दोष लगाउने पक्षमा नरहेको भन्दै मतपत्रको विषयमा उठाइएको विवाद निर्वाचन प्रभावित पार्ने लक्ष्यका साथ गरिएको प्रपञ्चको रुपमा लिइएको उल्लेख गर्नुभयो ।

“निर्वाचन सार्नका निम्ति प्रयास भएका थिए, ती सफल भएनन् र हुँदैनन् पनि”अध्यक्ष ओलीले भन्नुभयो । नेपाललाई स्थायी सरकार दिन, बिकास र समृद्धितर्फ अघि बढाउनका लागि वाम तालमेल भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
पारमाणविक हतियार अन्त्य गर्नेसम्बन्धी परामर्श गर्न अमेरिकी विदेशमन्त्री काेरिया जाँदै
पारमाणविक हतियार अन्त्य गर्नेसम्बन्धी परामर्श गर्न अमेरिकी विदेशमन्त्री काेरिया जाँदै
बागमती नदीले सतर्कता तह पार गर्‍यो
बागमती नदीले सतर्कता तह पार गर्‍यो
रोबर्ट सोफिया र केपी अाेलीबिच यस्ताे  भयाे कुराकानि
रोबर्ट सोफिया र केपी अाेलीबिच यस्ताे भयाे कुराकानि
भौगोलिक वनावटअनुसार व्यवस्थित सहरको विकास गर्नुपर्ने
भौगोलिक वनावटअनुसार व्यवस्थित सहरको विकास गर्नुपर्ने
‘बा-आमा घर’को सहयोग अभियानमा मनोज गजुरेल देखि रेखा थापासम्म
‘बा-आमा घर’को सहयोग अभियानमा मनोज गजुरेल देखि रेखा थापासम्म
दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति
दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति
‘अर्को चुनावपछि ओली सरकार प्रतिस्थापन गर्छौं’
‘अर्को चुनावपछि ओली सरकार प्रतिस्थापन गर्छौं’
समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ :  प्रम ओली
समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ : प्रम ओली
मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुनःनिर्माणको काम
मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुनःनिर्माणको काम

तपाईंले छुटाउनुभयो कि?