सन्देश बचाऊ’ अभियान बन्द !

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १६, २०७५
|
|
६० पटक हेरिएको
Shares
सन्देश बचाऊ’ अभियान बन्द !

सारांश

  • काठमाडौ, १७ मंसिर ।
  •   आर्थिक अभावले उपचारमा समस्या परेका धनकुटा चौबिसे बालक सन्देश तामाङ्गको उपचार अभियानमा संकलित रकम धनकुटा खबरले हस्तान्तरण गरेको छ ।
  • चौबिसे वडा नं।

काठमाडौ, १७ मंसिर ।  आर्थिक अभावले उपचारमा समस्या परेका धनकुटा चौबिसे बालक सन्देश तामाङ्गको उपचार अभियानमा संकलित रकम धनकुटा खबरले हस्तान्तरण गरेको छ । चौबिसे वडा नं। २ बन्दुके डाँडा निवासी ७ बर्षिया तामाङ्ग र उनका बजे जति बहादुर तामाङलाई संकलित ३० हजार ३ सय ३३ रुपैंया हस्तान्तरण गरिएको हो । उक्त रकम नेपाल पत्रकार महासंघ धनकुटाका अध्यष राजेश्वर बहादुर श्रेष्ठ र उपाध्यक्ष नगेन्द्र राईले हस्तान्तरण गर्नुभएको हो ।

यो रकम हस्तान्तरणसंगै ‘सन्देश बचाऊ’ अभियान बन्द भएको धनकुटा खबरका सन्चालक बिष्णु बिक्रम निरौलाले जानकारी दिनु भयो । २०७३ सालमा करेन्ट लागेर एक हात गुमाएर देब्रपाटो आधा शरिर अपाँगता भएका  बारेमा भाद्र २१ गते समाचार प्रकाशन संगै अभियान शुरु गरेको थियो । समाचार प्रकाशन पछि हङ्गकङ्ग निवासी नेपालीहरुले यस अघि २ लाख १३ हजार २ सय २० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिसकेकाछन । सहयोग गर्नेहरुमा हङ्गकङ्ग बसोबास गर्दै आउनुभएका शर्मिला गुरुङ(लमजुङ) ,टिकामाया गुरुङ(कास्कीं), समु राई र सारदा राई ९खोटाङ्ग०को पहलमा उक्त सहयोग जुटेको थियो ।

धनकुटा खबर अनलाईनले आफ्नो तर्फबाट ११ हजार १ सय ११ रुपैया संकलन गरेर शुरु गरेको यो अभियानमा स्वदेश नेपाल डट कमबाट रु ५ हजार, पाथिभरा न्यूज डट कमबाट रु २ हजार २ सय २२, नेपाल ईलेक्ट्रिसिटी अथोरेटीमा कार्यरत नुवाकोट २ लिखु गाउँपालिकाका टिकादत्त ढकालले रु ५ हजार, ईटहरी निवासी निरु मगरले रु ३ हजार सहयोग गर्नुभएको छ । त्यस्तै हाल मलेशियामा कार्यरत काजी राईले ४ हजार सहयोग गर्नु भएको छ । यो अभियानमा हङ्गकङ्ग निवासी महिलाहरुको सहयोग बाहेक धनकुटा खबरको खातामा ३० हजार ३ सय ३३ जम्मा भएको रकम हस्तान्तरण गरी अभियान बन्द गरिएको हो ।

अभियानमा कुल २ लाख ४३ हजार ५ सय ५३ जम्मा भएको छ । यद्यपी बालक सन्देशको टाउकोमा कपाल उमार्न ६ लाख चाहिने र टाउकाको घाउ निको भएको हुंदा हाल उक्त रकम आफ्नै खातामा संकलित रहेको बाजे जित बहादुरले जानकारी दिनुभयो । हाल उमेरका कारण अपरेशन नहुने भएकाले संकलित रकम सन्देशको पढाईमा खर्च गर्दै आवश्यक फ्लोअप उपचार गर्दैगर्ने बाजे जीतबहादुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘यूपीएफ’बारे (नेकपा)को बैठकमा चर्काचर्की, माधव नेपालकाे प्रष्टीकरण : ‘नराम्रो संस्था होइन’
‘यूपीएफ’बारे (नेकपा)को बैठकमा चर्काचर्की, माधव नेपालकाे प्रष्टीकरण : ‘नराम्रो संस्था होइन’
न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि
न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि
मुगुमा भाइरल ज्वरोले एक सातामा १२ जनाको मृत्यु ,औषधि र उपचार अझै पुगेन !
मुगुमा भाइरल ज्वरोले एक सातामा १२ जनाको मृत्यु ,औषधि र उपचार अझै पुगेन !
सरकार विरुद्ध आन्दोलन गर्ने नयाँ शक्तिको निर्णय
सरकार विरुद्ध आन्दोलन गर्ने नयाँ शक्तिको निर्णय
गगन थापा ले भने  बाबुरामले जित्नु नै  कांग्रेसले जित्नु हो
गगन थापा ले भने बाबुरामले जित्नु नै कांग्रेसले जित्नु हो
एसईई रोक्ने निर्णय
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका खाणलाई ३० लाख धरौटीमा छोड्न उच्च अदालतको आदेश
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका खाणलाई ३० लाख धरौटीमा छोड्न उच्च अदालतको आदेश
मन्त्री र सचिवहरूको कार्यशैलीप्रति प्रधानमन्त्री असन्तुष्ट
मन्त्री र सचिवहरूको कार्यशैलीप्रति प्रधानमन्त्री असन्तुष्ट
कोरोना परीक्षण गर्ने अत्यावश्यक सामग्री लिन चीन गएको विमान काठमाडौँमा
कोरोना परीक्षण गर्ने अत्यावश्यक सामग्री लिन चीन गएको विमान काठमाडौँमा
चोरी तथा अपराधिक घटनाका लागी ‘प्रहरी हाम्राे टाेलमा’
चोरी तथा अपराधिक घटनाका लागी ‘प्रहरी हाम्राे टाेलमा’

तपाईंले छुटाउनुभयो कि?