सप्तकोशी नदीमा जलवहाव उच्च :  कोशी ब्यारेजका ५०ढोका खोलिए

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १९, २०८२
|
२
|
५३ पटक हेरिएको
Shares
सप्तकोशी नदीमा जलवहाव उच्च :  कोशी ब्यारेजका ५०ढोका खोलिए

सारांश

  • सुनसरी।
  • अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५०  ढोका खोलिएका छन्।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको जानकारी दिए।

सुनसरी। अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५०  ढोका खोलिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको जानकारी दिए।

उनका अनुसार आज बिहान ८ : १५ बजे सो नदीको जलवहाव मापन गरिएको थियो। आज बिहान ७ः०० बजे सो नदीको जलवहाव मापन गर्दा दुई लाख ७१ हजार ३१० क्यूसेक पुगेपछि ३९ ढोका खोलिएको थियो ।

शनिबार बेलुका ८ः०० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो। गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो। यसपछि लगातार पानीको वहाव घटेको थियो। शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिए।

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ। सोहीअनुसार अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    skapa ett binance-konto

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

    Comment Author

    Binance美国注册

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहान ८:३० बजे को अप्डेट :बुटवल उपमहानगरपालिका र घोराही उप-महानगरपालिका !
बिहान ८:३० बजे को अप्डेट :बुटवल उपमहानगरपालिका र घोराही उप-महानगरपालिका !
संखुवासभाबाट व्यवसायी टासी शेर्पा  प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार
संखुवासभाबाट व्यवसायी टासी शेर्पा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार
राप्रपा र राप्रपा (संयुक्त) बीच एकता हुँदै, नेताहरु छलफलमा
राप्रपा र राप्रपा (संयुक्त) बीच एकता हुँदै, नेताहरु छलफलमा
प्रदेश २ मा मुख्यमन्त्री फोरमलाई दिने सहमति भएको छैन : यादव
प्रदेश २ मा मुख्यमन्त्री फोरमलाई दिने सहमति भएको छैन : यादव
प्रधानमन्त्री ओलीले लम्पसारवादी चरित्र देखाए : नेपाल विद्यार्थी संघ
प्रधानमन्त्री ओलीले लम्पसारवादी चरित्र देखाए : नेपाल विद्यार्थी संघ
रजत पदक विजेता एक थाइ खेलाडी दुलाहाद्वारा विवाहको दिन दुलहीसहित चारजनाको हत्या
रजत पदक विजेता एक थाइ खेलाडी दुलाहाद्वारा विवाहको दिन दुलहीसहित चारजनाको हत्या
बिद्यार्थी अपहरण अभियान !
बिद्यार्थी अपहरण अभियान !
डा कोइराला भन्छन् : आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ
डा कोइराला भन्छन् : आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ
भारतले मान्ला त नेपालको ‘इनर्जी बैकिङ’ को अवधारणा ?
भारतले मान्ला त नेपालको ‘इनर्जी बैकिङ’ को अवधारणा ?
सागका स्वयंसेवकलाई शारीरिक तालीम
सागका स्वयंसेवकलाई शारीरिक तालीम

तपाईंले छुटाउनुभयो कि?