सभामुखको निर्वाचन कार्यतालिका प्रकाशन

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २२, २०७४
|
|
६० पटक हेरिएको
Shares
सभामुखको निर्वाचन कार्यतालिका प्रकाशन

सारांश

  • धनगढी, २२ माघ , प्रदेश नं ७ प्रदेशसभा सचिवालयले प्रदेशसभाको सभामुखको निर्वाचन कार्यतालिका आज प्रकाशन गरेको छ ।
  • आइतबार भएको प्रदेशसभाको पहिलो बैठकले गरेको निर्णयअनुसार आगामी माघ २९ गते दिउँसो १ बजे प्रदेशसभाको सभामुखको निर्वाचन हुन लागेको छ ।
  • प्रकाशित कार्यतालिकाअनुसार प्रदेशसभाको निर्वाचनका लागि यही माघ २७ गते दिनको २ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता, सोही दिन ५ः३० बजे उम्मेदवारको नामावली प्रकाशन, माघ २८ गते दिनको १० बजेदेखि १२ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध गर्ने र सोही दिन १२ देखि २ बजेसम्म उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छानबिन गरिने छ ।

धनगढी, २२ माघ , प्रदेश नं ७ प्रदेशसभा सचिवालयले प्रदेशसभाको सभामुखको निर्वाचन कार्यतालिका आज प्रकाशन गरेको छ ।

आइतबार भएको प्रदेशसभाको पहिलो बैठकले गरेको निर्णयअनुसार आगामी माघ २९ गते दिउँसो १ बजे प्रदेशसभाको सभामुखको निर्वाचन हुन लागेको छ ।

प्रकाशित कार्यतालिकाअनुसार प्रदेशसभाको निर्वाचनका लागि यही माघ २७ गते दिनको २ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता, सोही दिन ५ः३० बजे उम्मेदवारको नामावली प्रकाशन, माघ २८ गते दिनको १० बजेदेखि १२ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध गर्ने र सोही दिन १२ देखि २ बजेसम्म उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छानबिन गरिने छ ।

यसैगरी माघ २८ गते २ बजेपछि दाबी विरोधको छानबिनपछि उम्मेदवारको आन्तिम नामावली प्रकाशन गर्ने, सोही दिन २ देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने, ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र माघ २९ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने कार्यतालिक प्रकाशन गरिएको ७ नं प्रदेश सचिवालयका सहसचिव मुरारी महतले राससलाई जानकारी दिनुभयो ।

सभामुखका लागि नेकपा (एमाले)की समानुपातिक सांसद पूर्णा जोशीको नाम चर्चामा छ । वाम गठबन्धनको बहुमत रहेको ७ नं प्रदेशसभाको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र)को भागमा र सभामुख एमालेको भागमा परेको जनाइएको छ । डोटीबाट निर्वाचित प्रदेशसभा सांसद त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने सिफारिस माओवादी केन्द्रको प्रदेश समितिको बैठकले केही दिनअघि नै गरिसकेको छ ।

त्रिपन्न सांसद रहेको यस प्रदेशमा एमालेका २५, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसदको प्रतिनिधित्व रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमती हुँदाहुँदै भान्जी प्रेममा यसरी फसेका रहेछन् सेनाका सहायक रथी
श्रीमती हुँदाहुँदै भान्जी प्रेममा यसरी फसेका रहेछन् सेनाका सहायक रथी
अर्थतन्त्र सुधार्नेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस
अर्थतन्त्र सुधार्नेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस
कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला 
कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला 
भोलीको चद्रग्रहण यी चार राशीको चम्किन्छ भाग्य, आठ राशीलाई संकट (पुरा हेर्नुहोस)
भोलीको चद्रग्रहण यी चार राशीको चम्किन्छ भाग्य, आठ राशीलाई संकट (पुरा हेर्नुहोस)
कसरी पाउँछन् महिलाले बढी सेक्स आनन्द ?
कसरी पाउँछन् महिलाले बढी सेक्स आनन्द ?
पाइपलाइन र भण्डारण गृह बनाइँदै
पाइपलाइन र भण्डारण गृह बनाइँदै
बडादशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
बडादशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
म १६ वर्षीया किशोरी हुँ, यौन सम्पर्क गर्दा योनिबाट ग्याँस निस्किएजस्तो आवाज आउँछ, यस्तो के भएको हो ?
म १६ वर्षीया किशोरी हुँ, यौन सम्पर्क गर्दा योनिबाट ग्याँस निस्किएजस्तो आवाज आउँछ, यस्तो के भएको हो ?
३३ किलाे सुन प्रकरण: गोरे को बयान सकियो
३३ किलाे सुन प्रकरण: गोरे को बयान सकियो
दुखियाको हाँसोमा ईश्वरको बास हुन्छ, छठ आउँदै गर्दा डोम समुदाय पनि खुशी– सञ्जीतकुमार मण्डल
दुखियाको हाँसोमा ईश्वरको बास हुन्छ, छठ आउँदै गर्दा डोम समुदाय पनि खुशी– सञ्जीतकुमार मण्डल

तपाईंले छुटाउनुभयो कि?