सभामुख चनय प्रक्रिया : विवादको भूमरीमा फस्दै नेकपा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २७, २०७६
|
|
४५ पटक हेरिएको
Shares
सभामुख चनय प्रक्रिया : विवादको भूमरीमा फस्दै नेकपा

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं। सत्तारुढ दल नेकपाले सभामुख आफ्नो भागमा पार्न उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेपनि उपसभामुख शिवमाया तुम्बाहाम्फेले अस्वीकार गरेपछि सभामुख चयन प्रक्रियाले नेकपा अप्ठेरोमा परेको छ। उनले आफूले राजीनामा दिनुपर्ने गरी कुनै गल्ती नगरेको भन्दै राजीनामा नदिने बरु आज बस्ने संसद बैठकको अध्यक्षता गर्ने चेतावनी दिएकी छन्। योसँगै नेकपाभित्र सभामुख चयन प्रक्रिया पेचिलो बन्दै गएको छ।

नेकपाले उपसभामुखलाई राजीनामा गराउने लगाउने निर्णय गरेपनि सभामुखको उम्मेदवार टुंगो लगाएको छैन। सभामुख चयनका विषयमा शुक्रबार पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले उपसभामुख शिवमाया तुम्बाहाङ्फेसँग छलफल गरे पनि निष्कर्ष निस्कन सकेन। नेकपाभित्र लामो समयदेखि सभामुख पदका लागि त्रिपक्षीय शक्ति संघर्ष हुँदै आएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली खुलेरै सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा देखिएका छन् भने अर्का अध्यक्ष दाहाल अग्निप्रसाद सापकोटालाई बनाउने पक्षमा छन्। राष्ट्रपति विद्या भण्डारी उपसभामुख तुम्बाहाङ्फेलाई नै सभामुख बनाउने पक्षमा रहेको स्रोतहरुको भनाइ छ।

ओलीलाई प्रचण्डले सभामुखसहितका विषयमा प्याकेजमा सहमति खोज्न दबाब दिनुको मुख्य उद्देश्य पनि गुटगत स्वार्थ नै रहेको बताइएको छ। प्रचण्डलाई पूर्व–माओवादीभित्रबाट सभामुख पद नछाड्न दबाब बढेको छ । ओली भने पार्टी एकता भइसकेको अवस्थामा अब एमाले र माओवादी गुटका हिसाबमा पार्टी्भित्र भागबण्डाको परम्परा बसाल्न नहुने पक्षमा छन् ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन तथा नयाँ कानुनहरू धमाधम बनाउनुपर्ने अवस्थामा अनुभवी व्यक्ति सभामुख पदमा हुँदा सरकारलाई सहज हुने तर्क गर्दै नेम्वाङलाई उम्मेदवारका रूपमा अघि सारेका छन्। दाहाल भने पूर्वमाओवादी पक्षले पाएको पद खोस्न नमिल्ने अडानमा छन्।
तर उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिने बरु संसद बैठक संचालन गर्ने चेतावनी दिएपछि सभामुख चनय प्रक्रिया झन जटिल अवस्थामा पुगेको हो। उपसभामुख तुम्बाहाम्फेले डिसी नेपालसँगको कुराकानीमा आफूले राजीनामा दिने गरी कुनै पनि गल्ती नगरेको भन्दै राजीनामा नदिने बताएकी छन्। ‘पार्टीले गरेको निर्णय औपचारिक रुपमा मलाइ जानकारी गराइएको छैन। यदि त्यस्तो निर्णय गरिएको हो भने पनि मलाइ चित्तबुझ्दो र न्यायसंगत हुने गरी कारणसहित राजीनामा माग्नुपर्छ,’ उनले भनिन्, ‘अन्यथा आइतबार बस्ने संसद बैठक संचालन गर्छु।’

उपसभामुखले राजीनामा गरे संविधानको धारा ९१ को उपधारा (१) आकर्षित हुन्छ । उक्त धारामा ‘प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधिसभाका सदस्यहरुले आफूमध्येबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुख निर्वाचन गर्नेछन् ।’ संविधानको यो प्रावधान ख्याल राखेरै उपभामुख तुम्बाहाङ्फेको राजीनामा रोकिएको हो ।

सभामुख र उपसभामुख दुवै पद रिक्त रहेको अवस्थामा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ । ज्येष्ठ सदस्यको जिम्मेवारी सभामुख निर्वा्चित गराउनु हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ
उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ
राज्य संयन्त्रकै मिलेमतोमा लुटियो गरीब नेपालीको ५ अर्ब
राज्य संयन्त्रकै मिलेमतोमा लुटियो गरीब नेपालीको ५ अर्ब
सिरिया बन्दीगृहमा १३ हजारलाई यातनासहित फासी
सिरिया बन्दीगृहमा १३ हजारलाई यातनासहित फासी
उम्मेदवार सिफारिसमा डडेलधुरामा कांग्रेसको दुई गुट, देउवा भने दुबै गुटबाट सिफारिस
उम्मेदवार सिफारिसमा डडेलधुरामा कांग्रेसको दुई गुट, देउवा भने दुबै गुटबाट सिफारिस
काँग्रेसमा भिडन्त, मतदान हुँदै !
काँग्रेसमा भिडन्त, मतदान हुँदै !
जनहितका लागि सेयर गरौँ, किन भयावह बन्दै बाथरुममा लडेर हुने मृत्यु ?
जनहितका लागि सेयर गरौँ, किन भयावह बन्दै बाथरुममा लडेर हुने मृत्यु ?
आसममा बाल विवाहविरुद्ध अभियान, करिब अठार सय पक्राउ
आसममा बाल विवाहविरुद्ध अभियान, करिब अठार सय पक्राउ
पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति
पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति
सम्पत्तिका लागि श्रीमानले गरे श्रीमतीको हत्या
सम्पत्तिका लागि श्रीमानले गरे श्रीमतीको हत्या