#Breaking राजीनामा दिने तयारीमा सभामुख महरा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन १४, २०७६
|
|
६८ पटक हेरिएको
Shares
#Breaking राजीनामा दिने तयारीमा सभामुख महरा

सारांश

  • काठमाडौं।
  • संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिने तयारी गरेका छन्।
  • सभामुख महराले मंगलबार नै राजीनामा दिने स्रोतले जनाएको छ।

काठमाडौं। संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिने तयारी गरेका छन्। सभामुख महराले मंगलबार नै राजीनामा दिने स्रोतले जनाएको छ। सभामुख महरामाथि बलात्कारको गम्भीर आरोप लागेपछि उनले राजीनामा दिने तयारी गरेका हुन्।

शीर्ष नेताको सुझावपछि सभामुख महराले मंगलबार दिउँसो राजीनामा दिने तयारी गरेको सभामुख निकट स्रोतले जानकारी दियो। सभामुखमाथि लागेको आरोपका विषयमा मंगलबार विहान नेकपा शीर्ष नेताबीच छलफल भएको थियो। शीर्ष नेताहरुले सभामुख महरालाई राजीनामा दिन सुझाव दिएपछि महराले राजीनामा दिने तयारी गरेका हुन्।

महराले राजीनामा नदिए महाअभियोग लाग्न सक्ने भएकाले राजीनामा दिन नेकपा शीर्ष नेताहरुले सुझाव दिएपछि उनले राजीनामा दिने तयारी गरेका हुन्। सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिलाले यौन दुराचारको आरोप लगाएकी हुन् । आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको महिलाको आरोप छ । ती महिला स्वास्थ्य मन्त्रालयकी कर्मचारी हुन् । संसदमा स्वास्थ्य सम्बन्धित युनिट छ । महिला त्यो युनिटमा काजमा कार्यरत छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने
तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने
किन भए माओवादी-एमालेका आन्तरिक कामकाज ठप्प ?
किन भए माओवादी-एमालेका आन्तरिक कामकाज ठप्प ?
घरपायक स्थानमा कर्मचारीलाई खटाइने :  मन्त्री पण्डित
घरपायक स्थानमा कर्मचारीलाई खटाइने : मन्त्री पण्डित
निर्मला बलात्कार तथा हत्या प्रकरण: यसकारण एसपी विष्टसहित चार जनाको डिएनए नमिलेकाे रहेछ !
नेपाल–हङकङ एकदिवसीय व्यापार मेला हुने
नेपाल–हङकङ एकदिवसीय व्यापार मेला हुने
राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारीमा ट्राफिक बत्ती निभाइन्छ
राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारीमा ट्राफिक बत्ती निभाइन्छ
युवासंघ, नेपालको २७ औं स्थापना दिवसको अवसरमा राजधानीमा बृहत् दिप प्रज्वलन !
इमर्जेन्सीमा बिरामी कराइरहन्छन् तर डाक्टर आउँदैनन् !
ट्रेड युनियन शुक्लागण्डकीको सभापतिमा पोख्रेल सर्वसम्मत
ट्रेड युनियन शुक्लागण्डकीको सभापतिमा पोख्रेल सर्वसम्मत
गाउँपालिकाको उत्कृष्ट विद्यालयलाई पचास हजार
गाउँपालिकाको उत्कृष्ट विद्यालयलाई पचास हजार

तपाईंले छुटाउनुभयो कि?