समानुपातिक मतमा एमाले अघिअघि, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ६, २०७९
|
२
|
४७ पटक हेरिएको
Shares
समानुपातिक मतमा एमाले अघिअघि, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा

सारांश

  • काठमाडाैं।
  •   मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ।
  • प्रत्यक्षतर्फ विभिन्न चार वटा क्षेत्रका मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना अपडेट भइरहेको छ।

काठमाडाैं।  मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ विभिन्न चार वटा क्षेत्रका मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना अपडेट भइरहेको छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार अहिलेसम्म गणना भएको मतमा नेकपा एमाले अगाडि छ। एमालेले ४५ हजार ८ सय २९ मत कटाएको छ। अर्थात् एमाले २९.९ मतका साथ अघिल्लो स्थानमा छ। त्यस्तै दोस्रोमा नेपाली कांग्रेस छ। कांग्रेसको मत ४० हजार ४ सय ४० छ। जुन २६.३ प्रतिशत हुन आउँछ।

समानुपातिक तर्फ तेश्रो स्थानमा भने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी छ। स्वतन्त्र पार्टीले १८ हजार ७ सय ४९ मत प्राप्त गरेको छ। जुन १२.२ प्रतिशत हुन आउँछ।

स्वतन्त्र पार्टीले प्राप्त गरेको मत कांग्रेस र एमालेको मतको आधा भन्दा कम छ। अर्कोतर्फ स्वतन्त्र पार्टीलाई नेकपा माओवादी केन्द्रले पछ्याइरहेको छ। माओवादी केन्द्रले १७ हजार ६ सय ४५ मत प्राप्त गरेको छ। माओवादीले स्वतन्त्र पार्टीसँगको अन्तर घटाइरहेको देखिन्छ।

राप्रपाले ९ हजार ८६, जसपा नेपालले ३ हजार ३ सय २२, जनमत पार्टीले ३ हजार १ सय १, नेमकिपाले २ हजार ९ सय १६, एकीकृत समाजवादीको २ हजार ९०, लोसपा नेपालको १ हजार ८ सय १९ र अन्य दल सबैले प्राप्त गरेको मत ८ हजार ४ सय ८१ छ।

हालको राजनीतिक दल सम्बन्धी ऐनअनुसार समानुपातिकतर्फ सिट सुरक्षित गर्न कुनै पनि दलले ३ प्रतिशत मत कटाउनुपर्ने हुन्छ। अहिलेको मतगणनाको रूझान हेर्दा माओवादीपछि राप्रपाले मात्र ३ प्रतिशत मत कटाएको छ। राप्रपाको ५.९ प्रतिशत मत छ।

प्रतिनिधि सभाका लागि ११० सिटको बाँडफाँट समानुपातिकतर्फको यही मतका आधारमा हुनेछ। सदर मतको ३ प्रतिशत मत कटाउने दलले समानुपातिकमा सिट पाउने छन्।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    gateio

    I may need your help. I tried many ways but couldn’t solve it, but after reading your article, I think you have a way to help me. I’m looking forward for your reply. Thanks.

    Comment Author

    binance Registrēties

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीका तीन प्रश्न, मोर्चाको तीन उत्तर
कर्मचारी सरुवाको सक्कल फाइल २४ घण्टाभित्र पेश गर्न आयोगको निर्देशन
सत्ता सहयात्री दलको एकतालाई बचाउँछु : प्रधानमन्त्री
सत्ता सहयात्री दलको एकतालाई बचाउँछु : प्रधानमन्त्री
इरानलाई हराउँदै जापान एसियन कप फुटबलको फाइनलमा
इरानलाई हराउँदै जापान एसियन कप फुटबलको फाइनलमा
बाख्रापालनलाई प्रवद्र्धन गरिँदै
बाख्रापालनलाई प्रवद्र्धन गरिँदै
मनाेरञ्जन समाचार : सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाले किन माग्नुपर्यो माफी ?
मनाेरञ्जन समाचार : सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाले किन माग्नुपर्यो माफी ?
सरकारी वकिलको सेवा सुविधासम्बन्धी कानुन बन्ने
सरकारी वकिलको सेवा सुविधासम्बन्धी कानुन बन्ने
पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना सुरु हुँदै
पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना सुरु हुँदै
भोटेकोसी बाढीपछि स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा तयारी अवस्थामा रहन निर्देशन
भोटेकोसी बाढीपछि स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा तयारी अवस्थामा रहन निर्देशन
पक्राउ परेका पूर्वमन्त्री विश्वकर्मालाई ५ दिनको म्याद थप
पक्राउ परेका पूर्वमन्त्री विश्वकर्मालाई ५ दिनको म्याद थप

तपाईंले छुटाउनुभयो कि?