सम्पर्कविहीन मतदान अधिकृत सम्पर्कमा आए
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
बाजुरा, १२ मंसिर जिल्लाको उत्तरी भेगको पाण्डवगुफा गाउँपालिका–४ स्थित मालिका मावि बाङपानीका मतदान अधिकृत प्रेमराज गिरी सम्पर्कमा आएका छन् ।
सोमबार मतपेटिकासँगै पोरखे काँधसम्म आएका अधिकृत गिरी एक्कासी सम्पर्कविहीन हुनुभएको थियो । मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने ठाउँमा उपस्थित नभएपछि उहाँको खोजी गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो ।
अधिकृत गिरी केहीबेर अघि सम्पर्कमा आई मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको वलीले जानकारी दिनुभयो । मतदान अधिकृत गिरी जैतुन कार्यालय कोल्टीका कर्मचारी हुन् ।
Royal Boom
मरेको भय भैहाल छ नि