सरकारको विरोध गर्न भएपनि पार्टी एकजुट हुनुपर्ने देउवाको आग्रह
सारांश
- काठमाडौं ।
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारविरुद्ध पार्टी एक भएर लाग्नुपर्ने बताएका छन् ।
- पुराना र कांग्रेसका शीर्ष नेताबीच सोमबारको छलफलमा सभापति देउवाले निर्वाचनबाट कमजोर बनेको पार्टीले कसैलाई दोष नलगाएर मिलेर जानुपर्ने बताएका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारविरुद्ध पार्टी एक भएर लाग्नुपर्ने बताएका छन् । पुराना र कांग्रेसका शीर्ष नेताबीच सोमबारको छलफलमा सभापति देउवाले निर्वाचनबाट कमजोर बनेको पार्टीले कसैलाई दोष नलगाएर मिलेर जानुपर्ने बताएका हुन् ।
पार्टीभित्रका कमीकमजोरीमा सभापतिलाई दोष लगाउने चलनको टिप्पणी गरे । देउवाले पार्टीले चुनाव हार्नु आफ्नो कारण नभएको समेत स्पष्टिकरण दिएका थिए ।
‘हिजो जे कमजोरी भए पनि कमजोरी सच्चाएर एकढिक्का बनाएर पार्टीलाई अघि बढाउन तयार छु । कम्युनिस्टहरू प्रजातान्त्रिक मास्न उद्यत भएका वेला हामी विभाजित हुनुहुन्न’ सभापति देउवाले भने ।
नेता रामचन्द्र पौडेलले नेतृत्वको सानो चित्त रहेसम्म पार्टी एकढिक्का हुनै नसक्ने बताए । पौडेलले पार्टि चुनावमा कमजोर भएको र आफूहरु पन्छिनु नहुनेमा जोड दिए ।
Damodar Dahal
विरोध जनताले गर्छन पार्टीले होइन , पार्टीले केवल विज्ञप्ति निकाल्ने हो ।
Ashok Rayamajhi
birodh garne bikas desko kahile garne
Buddiman Tamang
Timro buddhi janta le dekhe bhanda ghatiya rayexa shere dai ???