याे हाे अमिताभकाे चिन्ताकाे विषय
सारांश
- मुम्बई, ६ साउन ।
- हाल फिल्म ब्रह्मास्त्रको शुटिङ्का क्रममा बुल्गेरिया रहेका बलिउड महानायक अमिताभ बच्चनले एउटा लेख मार्फत आफूलाई केही कुराले चिन्तित बनाएको बताएका छन् ।
- फिल्म शुटिङ्का दौरानमा शुटिङ् युनिटले गरेको उच्चतम व्यवहारको आफू हकदार नभएको प्रशंगमा उनले आफ्नो विचार प्रकट गरेका थिए ।
मुम्बई, ६ साउन । हाल फिल्म ब्रह्मास्त्रको शुटिङ्का क्रममा बुल्गेरिया रहेका बलिउड महानायक अमिताभ बच्चनले एउटा लेख मार्फत आफूलाई केही कुराले चिन्तित बनाएको बताएका छन् ।
फिल्म शुटिङ्का दौरानमा शुटिङ् युनिटले गरेको उच्चतम व्यवहारको आफू हकदार नभएको प्रशंगमा उनले आफ्नो विचार प्रकट गरेका थिए । उनले भने, ‘अहिले फिल्म निर्माणको काममा मेरो समय भन्दा निकै फरकपन आएको छ । अहिले एउटा प्रोजेक्टमा धेरै सदस्य रहन्छन्, र सानो सानो कुरालाई पनि निकै महत्व दिइन्छ जुन कुराले म हैरान छु ।’
शुटिङ् युनिटका सदस्यले जति परवाह उनको गर्छन् त्यतिको आफू हकदार नभएको कारण धेरै पटक अपराधबोध भएको उनले बताए । वर्तमान अवस्थामा आफू केको हकदार भएको आफूलाई थाहा भएकाे तर जब यो सबै बढ्छ तब आफूलाई असहज महसुस हुने उनले बताए ।
उनले आफ्नो ब्लग मार्फत आँफूले पाएको प्रेम र स्नेह फर्काउन नसकेकाले आफू चिन्तित भएको बताएका छन् ।
उनको फिल्म ‘ब्रह्मास्त्र’ अर्को वर्षको अगस्त १५ मा रिलिज हुने छ ।
प्रतिक्रिया