सरकारद्वारा आतंकवादी हमलाको निन्दा, इजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २१, २०८०
|
|
५२ पटक हेरिएको
Shares
सरकारद्वारा आतंकवादी हमलाको निन्दा, इजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध

सारांश

  • काठमाडौं ।
  • सरकारले इजरायलमा भएको आतंकवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ ।
  • साथै सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते दुःख व्यक्त गरेको छ ।

काठमाडौं । सरकारले इजरायलमा भएको आतंकवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले इजरायल सरकार तथा त्यहाँका जनताका साथै हमलामा परी जीवन गुमाएकाहरूका परिवारप्रति गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेको छ । नेपाल सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्तिअनुसार आतङ्कवादी आक्रमणमा नेपाली पनि परेका छन् । आक्रमणमा परेका नौ जना नेपालीमध्ये दुई जनाको अवस्था गम्भीर छ । यससम्बन्धी थप विवरण अद्यावधिक गरिने मन्त्रालयले जनाएको छ ।

इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गरेका नेपालीसँग निकट सम्पर्कमा रहेको जनाउँदै नेपालीको सुरक्षा तथा उद्धारका साथै घाइतेहरूको उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको परराष्ट्रले बताएको छ ।

इजरायलको वर्तमान स्थितिलाई दृष्टिगन गरी त्यहाँ सहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको अक्षरसःपालन गर्न सरकारले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्तापक्ष र विपक्ष तीन विद्यार्थी संगठनको यस्तो आयो संघर्षका कार्यक्रम
सत्तापक्ष र विपक्ष तीन विद्यार्थी संगठनको यस्तो आयो संघर्षका कार्यक्रम
बि.सं.२०७४ साल पौष २७ गते बिहीवारको राशिफल
बि.सं.२०७४ साल पौष २७ गते बिहीवारको राशिफल
तीन खानसँग डेब्यू गर्दैमा भाग्य चम्किदैन,अनुष्का
तीन खानसँग डेब्यू गर्दैमा भाग्य चम्किदैन,अनुष्का
प्रहरी कुट्ने एआईजीका छोरा रातभर प्रहरी हिरासतमा, उल्टै प्रहरीविरुद्व उजुरी
प्रहरी कुट्ने एआईजीका छोरा रातभर प्रहरी हिरासतमा, उल्टै प्रहरीविरुद्व उजुरी
भारतको मणिपुरबाट उद्दार गरिएका १७९ जनालाई नेपाल फर्काइयो
भारतको मणिपुरबाट उद्दार गरिएका १७९ जनालाई नेपाल फर्काइयो
प्रहरीले ७ वटा हेलिकप्टर किन्न बजेट माग्यो
प्रहरीले ७ वटा हेलिकप्टर किन्न बजेट माग्यो
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपतिलाई बधाई तथा शुभकामना
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपतिलाई बधाई तथा शुभकामना
नेपालमा धेरैमा कोरोना भाइरसको लक्षण नदेखिनुको कारण
मन्त्री शर्मा भन्छिन् :सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पु-याउनुपर्छ
मन्त्री शर्मा भन्छिन् :सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पु-याउनुपर्छ
बुलिङटारमा काँग्रेस विजयी
बुलिङटारमा काँग्रेस विजयी

तपाईंले छुटाउनुभयो कि?