राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपतिलाई बधाई तथा शुभकामना

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ८, २०७७
|
|
४८ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपतिलाई बधाई तथा शुभकामना

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त अमेरिकी राष्ट्रपति जोसेफ रोबिनेट बाइडेन जुनियरलाई बधाई तथा शुभकामना दिएका छन्।
  • ओलीले ट्वीटमार्फत बाइडेनलाई बधाई तथा शुभकामना दिँदै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप मजबुत बन्ने विश्वास समेत व्यक्त गरेका छन्।
  • त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई दिएकी छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त अमेरिकी राष्ट्रपति जोसेफ रोबिनेट बाइडेन जुनियरलाई बधाई तथा शुभकामना दिएका छन्। ओलीले ट्वीटमार्फत बाइडेनलाई बधाई तथा शुभकामना दिँदै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप मजबुत बन्ने विश्वास समेत व्यक्त गरेका छन्।त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई दिएकी छन्। भण्डारीले बाइडेनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध मजबुत हुने नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन्।

राष्ट्रपति बाइडेनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसबाट बाइबललाई साक्षी राखेर बुधबार सपथ लिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?