सरकारलाई व्यवसायीको सात दिने अल्टिमेटम

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १२, २०७५
|
|
६२ पटक हेरिएको
Shares
सरकारलाई व्यवसायीको सात दिने अल्टिमेटम

सारांश

  • काठमाडौं, १२ मंसिर।
  • वैदेशिक रोजगार व्यावसायी संघले मलेशियाको कलिङ भिसा लागेका नेपाली श्रमिकलाई तत्काल मलेशिया पठाउन माग गर्दै सरकारलाई अल्टिमेटम दिएको छ।
  •   गत कात्तिक १२ गते मलेशिया सरकार र नेपाल सरकारबीच नेपाली कामदार मलेशिया पठाउने सम्बन्धमा द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर गरेको एक महिनासम्म पनि नेपाली कामदार मलेशिया पठाउने प्रकृयामा सरकार मौन रहेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले कलिङ भिसा लागेका कामदारलाई मलेशिया पठाउन सरकारलाई सात दिने अल्टिमेटम दिएका हुन्।

काठमाडौं, १२ मंसिर। वैदेशिक रोजगार व्यावसायी संघले मलेशियाको कलिङ भिसा लागेका नेपाली श्रमिकलाई तत्काल मलेशिया पठाउन माग गर्दै सरकारलाई अल्टिमेटम दिएको छ।  गत कात्तिक १२ गते मलेशिया सरकार र नेपाल सरकारबीच नेपाली कामदार मलेशिया पठाउने सम्बन्धमा द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर गरेको एक महिनासम्म पनि नेपाली कामदार मलेशिया पठाउने प्रकृयामा सरकार मौन रहेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले कलिङ भिसा लागेका कामदारलाई मलेशिया पठाउन सरकारलाई सात दिने अल्टिमेटम दिएका हुन्।

द्विपक्षीय श्रम समझदारी पत्र (एमओयु) मा समझदारी तत्काल लागु हुने भनी उल्लेख भएपनि १ महिनासम्म कामदार पठाउन रोक लगाएको फुकुवा गर्न नसकेको बारे व्यावसायीहरुले आपत्ति जनाएका छन्।  एमओयुमा हस्ताक्षर भए लगत्तै सम्झौतामा व्यवस्था भए अनुसारको संयुक्त कार्यदल (जइन्ट ओर्किङ कमिटी) ले २९ अक्टोबरमा पहिलो बैठक बसी कलिङ भिसा प्राप्त नेपाली कामदारलाई मलेशियामा काम गर्न जानलाई श्रम स्वीकृति दिन नेपाल र मलेशियाबीच सहमति भएपनि कामदार मलेशिया पठाउने प्रकृया अझै नखुलेकोले भन्दै व्यवसायीले आपत्ति जनाएका हुन्।  वैदेशिक रोजगार व्यबसायी संघका अध्यक्ष रोहण गुरुङले भने, ‘नेपाल सरकारले मलेसिया जाने नेपाली कामदारलाई अनावश्यक आर्थिक भार पार्ने भिएलएन, बायोमेट्रिक्स, ओएससी, आइएससी लगायत प्रणाली खारेज नगरेसम्म नेपाली कामदार मलेशिया पठाउने कार्य स्थगित गरेपनि वर्तमान सन्दर्भमा घुमाउरो पाराले तीनै कम्पनी वा प्रणाली मार्फत नै नेपाली कामदार मलेशिया पठाउने गरी नेपाल सरकार र मलेशिया सरकारबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएकोले सरकारको यो कार्य आपत्तिजनक छ।’ उनका अनुसार कलिङ भिसा लागेका ९ हजारभन्दा बढी नेपाली श्रमिक मलेशिया जान पाएका छैनन्।

द्विपक्षीय सरकारबीच भएको श्रमिकको हकहितका सम्बन्धमा श्रम समझदारीप्रति संघ सकारात्मक भएपनि म्यानपावर कम्पनीले नेपाली कामदार मलेशिया पठाए बापत पाउने सेवा सुविधाका विषयमा भने संघले विरोध गर्दै आएको थियो।  कलिङ भिसा भएका नेपाली कामदारहरुलाई मलेशिया रोजगारका पठाउनका लागि यही मंसिर १९ गते भित्रमा श्रम स्वीकृति खुल्ला गर्न वैदेशिक रोजगार व्यबसायी संघले सरकारलाई सात दिने अल्टिमेटम दिएको हो।
सरकारले मंसिर १९ गते भित्र नेपाली कामदारहरुलाई मलेशिया पठाउने व्यावसायीको माग मन्त्रालयबाट सुनुवाइ नभए कलिङ भिसा प्राप्त कामदारको भिसा स्ट्याम्पिङ गर्ने प्रकृया अगाडि बढाउने र व्यावसायीहरुले पूर्व तथा अन्तिम श्रमस्वीकृति पेशको काम म्यानपावरले गर्ने व्यवसायीले चेतावनी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेयर लगानीकर्ता दबाब समूहद्वारा आमरण अनशन
सेयर लगानीकर्ता दबाब समूहद्वारा आमरण अनशन
होलीको रंगमा रंगिएकाहरु ! ( फोटो फिचर)
होलीको रंगमा रंगिएकाहरु ! ( फोटो फिचर)
फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल
फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही
सङ्घीय संसद् भवन पुरा गर्न समय माग
सङ्घीय संसद् भवन पुरा गर्न समय माग
द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री दाहाल मकवानपुरमा
द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री दाहाल मकवानपुरमा
अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी
अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी
निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित हुन्छ: प्रधानमन्त्री
निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित हुन्छ: प्रधानमन्त्री
टिम नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न
नेपालको निर्यात व्यापार बढाउन सक्दो पहल गर्ने राजदुत आचार्यको प्रतिवद्धता
नेपालको निर्यात व्यापार बढाउन सक्दो पहल गर्ने राजदुत आचार्यको प्रतिवद्धता

तपाईंले छुटाउनुभयो कि?