सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन : सांसद प्रधान

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ २३, २०७५
|
|
४० पटक हेरिएको
Shares
सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन : सांसद प्रधान

सारांश

  • काठमाडौँ, २३ असार, काठमाडौँ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधि सभाका सांसद भीमसेनदास प्रधानले सरकारले प्रतिपक्षलाई मिलाएर जान नसकेको बताउनुभएको छ ।
  • आज क्षेत्र नं ६ वडा तोर्केश्वर नगरपालिका–९ का जनतासँग भेटघाट गर्दै पूर्व रक्षामन्त्रीसमेत रहनुभएका नेपाली काँगे्रसका नेता प्रधानले अहिलेको सरकार मिलेर भन्दा दमन गरेर अघि बढिरहेको आरोप लगाउनुभयो ।
  • उहाँले भन्नुभयो, “सरकारले सबैलाई मिलाएर लैजानुपर्छ, पूर्वाग्रही बनेर गए त्यसले द्वन्द्व निम्त्याउँछ, त्यसैले मिलेर अघि बढौं ”।

काठमाडौँ, २३ असार, काठमाडौँ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधि सभाका सांसद भीमसेनदास प्रधानले सरकारले प्रतिपक्षलाई मिलाएर जान नसकेको बताउनुभएको छ ।

आज क्षेत्र नं ६ वडा तोर्केश्वर नगरपालिका–९ का जनतासँग भेटघाट गर्दै पूर्व रक्षामन्त्रीसमेत रहनुभएका नेपाली काँगे्रसका नेता प्रधानले अहिलेको सरकार मिलेर भन्दा दमन गरेर अघि बढिरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले सबैलाई मिलाएर लैजानुपर्छ, पूर्वाग्रही बनेर गए त्यसले द्वन्द्व निम्त्याउँछ, त्यसैले मिलेर अघि बढौं ”।
उहाँले लोकतन्त्र बलियो बनाए मात्र सरकार बलियो हुने भएकोले व्यक्तिगत स्वार्थमा त्यो सम्भव नहुने भन्दै गंगामाया अधिकारी र डा गोविन्द केसीको जीवनरक्षा गर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?