सरकार आक्रामक भएपछि विप्लव नेतृत्वकाे नेकपाले गर्याे यस्ताे !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १५, २०७५
|
|
५४ पटक हेरिएको
Shares
सरकार आक्रामक भएपछि विप्लव नेतृत्वकाे नेकपाले गर्याे  यस्ताे !

सारांश

  • काठमाडौं, १५ कात्तिक ।
  •   राजनीतिक आवरणमा धम्की र असुलीको राजनीति गर्दै आएको नेत्रबिक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिमा फर्किएको छ ।
  • सरकार आक्रामक भएपछि उ शान्तिपूर्ण राजनीतिमा फर्कन लागेको हो ।

काठमाडौं, १५ कात्तिक ।  राजनीतिक आवरणमा धम्की र असुलीको राजनीति गर्दै आएको नेत्रबिक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिमा फर्किएको छ । सरकार आक्रामक भएपछि उ शान्तिपूर्ण राजनीतिमा फर्कन लागेको हो । सो पार्टीले मंसिर ८ गते काठमाडौंमा जनसभा गर्दै छ। भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो । सो जनसभामा विप्लव पनि सार्वजनिक हुने बताइएको छ । यद्यपी उनीविरुद्ध मुद्दा रहेकाले उनी फरार छन् । तर, शान्तिपूर्ण राजनीतिमा आउने सर्तमा उनलाई पक्राउ नगर्ने आश्वासन सरकारी अधिकारीहरुले बताएका छन् ।

आमसभाका लागि प्रचार–प्रसार कार्यक्रम अन्तर्गत पर्चा, पम्प्लेट वितरण, माइकिङलगायतका कामहरु भइरहेको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले जानकारी दिए। उनले भने– ‘पर्चा, पम्पप्लेट वितरण भइरहेको छ । खुलामञ्चमा कार्यक्रम हुन्छ । तयारी सबै करिब करिब पूरा भएको छ। युवाहरु समेत कार्यक्रमको सुरक्षाका लागि परिचालन गर्छौं।’

नेकपाले मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीलाई भने सभामा आमन्त्रण गर्ने भएको छ। सो सभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, केन्द्रीय नेताहरु धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगरलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
विश्वकर्माविरुद्ध सरकारले विभिनन जिल्लामा मुद्दा चलाएपछि सो पार्टीका नेताहरु डराएका थिए । विप्लवविरुद्ध पनि विभिन्न जिल्लामा मुद्दा विचाराधिन छ ।  सो पाटीसँग सरकारले पूर्व सांसद सोम पाण्डेको अध्यक्षतामा वार्ता समिति गठन गरेको छ । वार्ताका लागि भन्दै सो समितिले विप्लवका नेताहरुलाई पक्राउ नगर्न आग्रह गर्दै आएको छ । विश्वकर्मा पक्राउ परेपछि सो पार्टीले विष्फोटका गतिविधि पनि रोकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप क्रिकेटः आज पाकिस्तान र वेस्ट इण्डिजबिच खेल हुने
विश्वकप क्रिकेटः आज पाकिस्तान र वेस्ट इण्डिजबिच खेल हुने
जेलमा सेक्स सुविधा
जेलमा सेक्स सुविधा
मैवाखोलाका १० घर उच्च जोखिममा, यातायात र विद्युत ठप्प
मैवाखोलाका १० घर उच्च जोखिममा, यातायात र विद्युत ठप्प
पर्यटन वर्ष २०२० लाई सहयोग गर्न जापानका नेपालीको विशेष कार्यक्रम
पर्यटन वर्ष २०२० लाई सहयोग गर्न जापानका नेपालीको विशेष कार्यक्रम
सत्तामा बसेसर बदनामी कमाएपछि कांग्रेस–माओवादी गठबन्धनले चुनावमा मतदातालाई बाँड्न राज्यकोषबाट ८ अर्व ७१ करोड रुपैयाँ  गाउँमा पठाएका छन्
सत्तामा बसेसर बदनामी कमाएपछि कांग्रेस–माओवादी गठबन्धनले चुनावमा मतदातालाई बाँड्न राज्यकोषबाट ८ अर्व ७१ करोड रुपैयाँ गाउँमा पठाएका छन्
देश बनाउन काग्रेश जिताउ भन्दै गायक कटुवाल र गायिका श्रेष्ठ (भिडियो सहित)
देश बनाउन काग्रेश जिताउ भन्दै गायक कटुवाल र गायिका श्रेष्ठ (भिडियो सहित)
1XBET Mobile Yukle 1xbet apk & app Android, iphone ilə idman mərcləri üçün mobil proqramlar 1xBet Azərbaycan aze 1xbet
मुटु छुने तस्बिर
मुटु छुने तस्बिर
मधेस प्रदेशका मुख्यमन्त्री यादवको स्पष्टीकरण
मधेस प्रदेशका मुख्यमन्त्री यादवको स्पष्टीकरण
नेताका कुरा मात्र भन्ने भ्रम पर्छ होला: पुष्पकमल दाहाल
नेताका कुरा मात्र भन्ने भ्रम पर्छ होला: पुष्पकमल दाहाल

तपाईंले छुटाउनुभयो कि?