सर्वनाममा आर्ट ग्यालरी
सारांश
- काठमाडौँ, ११ जेठ ।
- नेपाली नाट्या क्षेत्रमा स्वर्णीम इतिहास बोकेको सर्वनाम नाटकघरले आर्ट ग्यालरीको उद्घाटन गरेको छ ।
- शुक्रबार थापागाउँमा रहेको आफ्नै भवनमा एउटा कार्यक्रममा मिथिला चित्रको प्रदर्शन गरी आर्ट ग्यालरीको उद्घाटन गरेको हो ।
काठमाडौँ, ११ जेठ । नेपाली नाट्या क्षेत्रमा स्वर्णीम इतिहास बोकेको सर्वनाम नाटकघरले आर्ट ग्यालरीको उद्घाटन गरेको छ ।
शुक्रबार थापागाउँमा रहेको आफ्नै भवनमा एउटा कार्यक्रममा मिथिला चित्रको प्रदर्शन गरी आर्ट ग्यालरीको उद्घाटन गरेको हो ।
कार्यक्रममा मिथिला चित्रकार पुनम कुमारी दासका २२ चित्रको प्रदर्शनी भएको थियो । कार्यक्रममा बोल्दै उनले कलाकारले आफ्नो कला यस्तो त्यस्तो भनेर भन्न नहुने त्यो सबै दर्शक पाठक तथा सर्जकले समिक्षा गर्ने कुरा भएको बताइन् ।
आफूले स्थापनाकालदेखि नै देखेके सपना अहिले आएर पूरा भएको भन्दै सर्वनामका संस्थापक अशेष मल्लले खुसी व्यक्त गरे । चित्रकार पुनम कुमारी दासलाई विशेष धन्यवाद दिँदै, ग्यालरीबाट कति चित्र बेचियो, कुन मुल्यमा कसले किने भन्ने कुराले आफ्ना लागि कुनै अर्थ नराख्ने बताए । प्रत्येक नेपालीको घरघरमा चित्र टाँगिएपछि मात्र आफूहरु सफल हुने उनले बताए ।
हामीले नाटकको सुरुवात गर्दा नेपाली नाटकलाई गाउँगाउँसम्म पु¥याउने प्रण लिएका थियौ र अहिले ४०÷५० वर्ष यता आउँदा धेरै हदसम्म सफल भएका पनि छौँ, नाटकको इतिहास कोट्याउँदै मल्लले भने । अब पेन्टिङ पनि नेपालीको घरघरमा पु¥याउने उद्देश्यका साथ अघि बढ्ने हो भने अवश्य सफल भइने उनले बताए ।
सर्वनामले नेपाली कला र साहित्य जगतलाई अतुलनिय योगदान दिँदै आइरहेको छ । सर्वनामबाट तिखारिएका धेरै कलाकारहरु नेपाली सिनेजगतमा पनि भिजेको पाईन्छ । सर्वनामले लगातार राष्ट्रलाई उत्कृष्ट कलाकार दिईरहेका बेला राज्यले भने कुनै वास्ता नगर्नु दुखद रहेको रंगकर्मीहरुको भनाई छ ।
प्रतिक्रिया