सर्वोच्चका प्रस्तावित न्यायाधीशसहितविरुद्ध ११ वटा उजुरी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २१, २०८०
|
|
४७ पटक हेरिएको
Shares
सर्वोच्चका प्रस्तावित न्यायाधीशसहितविरुद्ध ११ वटा उजुरी

सारांश

  • काठमाडौं ।
  • सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशसहितविरुद्ध परेका उजुरी अध्ययनका लागि संसदीय समिति सदस्यलाई वितरण गरिएको छ ।
  •   बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीश र पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूतविरुद्ध ११ वटा उजुरी परेको  जानकारी दिए ।

काठमाडौं । सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशसहितविरुद्ध परेका उजुरी अध्ययनका लागि संसदीय समिति सदस्यलाई वितरण गरिएको छ । 

बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीश र पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूतविरुद्ध ११ वटा उजुरी परेको  जानकारी दिए । 

सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशहरू महेश शर्मा पौडेल, सारंगा सुवेदी, सुनिलकुमार पोखरेल, अब्दुल अजीज मुसलमान, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकाल तथा पोर्चुगलका पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत सनिल नेपालको संसदीय सुनुवाइका क्रममा उजुरी आह्वान गरिएको थियो । 

सो आह्वानअनुसार उनीहरुविरुद्ध परेका ११वटा उजुरी अध्ययनका लागि बिहीबार समिति सदस्यहरुलाई वितरण गरिएको हो । साथै सदस्यहरुलाई प्रस्तावित न्यायाधीश र राजदूतको कार्ययोजना पनि अध्ययनका निम्ति वितरण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?