सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ११, २०८०
|
|
६४ पटक हेरिएको
Shares
सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

सारांश

  • गण्डकी।
  • पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ।
  • ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिए।

गण्डकी। पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ।

‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिए। उनले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको उल्लेख गरे।

“इम्बोस्ड नम्बर प्लेट जडान त पोखरामा पहिलेदेखि नै सुरु भएको हो, तर त्यति प्रभावकारी हुनसकेको थिएन”, कार्यालय प्रमुख रिजालले भने, “अबदेखि नयाँ सवारीसाधनमा अनिवार्य गरिएको छ, पुराना सवारीसाधनमा पनि नियमितरूपमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुन्छ।”

कार्यालयले सेवाग्राही र अटो व्यवसायीमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर’ जडानका लागि सूचितसमेत गरेको छ। “अब उप्रान्त यस कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधन दर्तापश्चात अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ दर्ता जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध गराइनेछ”, कार्यालयको सूचनामा उल्लेख छ। प्रविधिमा आधारित ‘इम्बोस्ड नम्बर प्लेट’मा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुने कार्यालय प्रमुख रिजालले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पछिल्लो नौ महिनामा पुनःनिर्माणले लियो गति !
पछिल्लो नौ महिनामा पुनःनिर्माणले लियो गति !
भोका कुकुरले टोकाएर पति मारिएको सात वर्षपछि देखिइन् किम इल सुङकी छोरी
भोका कुकुरले टोकाएर पति मारिएको सात वर्षपछि देखिइन् किम इल सुङकी छोरी
रामेछापको समानुपातिकको मतगणना सकियोः एमाले बन्यो पहिलो पार्टी
रामेछापको समानुपातिकको मतगणना सकियोः एमाले बन्यो पहिलो पार्टी
‘म चौध वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ,’: प्रधानमन्त्री केपी शर्मा ओली
ज्याकलिनसँग तर्किँदै बलिउड निर्माता
ज्याकलिनसँग तर्किँदै बलिउड निर्माता
Pin-Up Casino AZ-a necə daxil olmaq olar 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
विप्लव समूहमाथिकाे प्रतिवन्धले देउवा खुशी
विप्लव समूहमाथिकाे प्रतिवन्धले देउवा खुशी
कर्णाली प्रदेशमा असिनापानीले लाखाँैको क्षति
कर्णाली प्रदेशमा असिनापानीले लाखाँैको क्षति
आज साउनको पहिलो सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज साउनको पहिलो सोमबार, कस्तो छ तपाईंको राशिफल?
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीले भने, ‘तस्बिर आफैं बोल्छ, मैले थप केही भन्नु पर्दैन’
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीले भने, ‘तस्बिर आफैं बोल्छ, मैले थप केही भन्नु पर्दैन’

तपाईंले छुटाउनुभयो कि?