सांसदका लिखित र मौखिक प्रश्नको जवाफ किन दिँदैन सरकार ?

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष २८, २०७५
|
|
५७ पटक हेरिएको
Shares
सांसदका लिखित र मौखिक प्रश्नको जवाफ किन दिँदैन सरकार ?

सारांश

  • काठमाडौं २८ पुस ।
  • सांसदहरूले सोध्ने गरेका लिखित तथा मौखिक प्रश्नको जवाफ नदिई सरकारले उपेक्षा गर्दै आएको छ ।
  • संसद् नियमावलीअनुसार सांसदले सरकारलाई लिखित तथा मौखिक रूपमा प्रश्न सोध्न सक्छन् ।

काठमाडौं २८ पुस । सांसदहरूले सोध्ने गरेका लिखित तथा मौखिक प्रश्नको जवाफ नदिई सरकारले उपेक्षा गर्दै आएको छ । संसद् नियमावलीअनुसार सांसदले सरकारलाई लिखित तथा मौखिक रूपमा प्रश्न सोध्न सक्छन् ।

सम्बन्धित मन्त्रालयले त्यस्ता प्रश्नको जवाफ दिनुपर्ने भए पनि बेवास्ता हुँदै आएको छ । संघीय संसद्को हिउँदे अधिवेशन प्रारम्भ भएको दुई साता नपुग्दै प्रतिनिधिसभाको प्रश्न व्यवस्थापन शाखामा २ वटा लिखित र ११ वटा मौखिक प्रश्न दर्ता भइसकेका छन् ।

यसअघि वर्षे अधिवेशनमा समेत सांसदहरूले २२ वटा मौखिक तथा ४ वटा लिखित प्रश्न सरकारलाई गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सोधिएका अधिकांश प्रश्नको जवाफ आएन ।

संसद् नियमावलीअनुसार सांसदहरूले सोधेका लिखित वा मौखिक प्रश्नको बढीमा १० दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिइसक्नुपर्छ । त्यस्तै, प्रतिनिधिसभाको नियमावलीको परिच्छेद ८ मा सांसदहरूले प्रश्न गर्न सक्ने र परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था छ ।

नियमावलीअनुसार प्रश्न गर्ने अधिकार प्रयोग गर्न नपाएको भन्दै प्रमुख विपक्षी दल कांग्रेसले संसद्मै आवाज उठाउँदै सदन अवरुद्ध गरेपछि सचिवालय यतिवेला प्रश्न संकलन गर्ने र सरकारलाई पठाउने काममा व्यस्त देखिएको छ । नयाँपत्रिका

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उमेर नपुग्दै आमा बन्दाका चुनौती
उमेर नपुग्दै आमा बन्दाका चुनौती
दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले दिए राजीनामा
दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले दिए राजीनामा
विश्वकै कठिन मानिने सिस्को परीक्षा के हो ? सिस्को पास गर्ने पहिलो नेपाली शुनिल कुमार झासँगको अन्तरवार्ता
विश्वकै कठिन मानिने सिस्को परीक्षा के हो ? सिस्को पास गर्ने पहिलो नेपाली शुनिल कुमार झासँगको अन्तरवार्ता
नेकपा प्रचण्ड समूहको जुलुस शुरु
नेकपा प्रचण्ड समूहको जुलुस शुरु
कैटरिनाले सलमानलाई विवाहकालागि गरिन् प्रपोज
कैटरिनाले सलमानलाई विवाहकालागि गरिन् प्रपोज
नहेरे पछि परिन्छ यी हुन् २०१८ का पाँच उत्कृष्ट विदेशी फिल्म
नहेरे पछि परिन्छ यी हुन् २०१८ का पाँच उत्कृष्ट विदेशी फिल्म
सरकारले गरेका राम्रो कामको प्रचार किन हुन सकेन ?
लालबकैया पुल निर्माण अन्तिम चरणमा: लामो अन्योल सकिँदै, सञ्चालनको तयारी
लालबकैया पुल निर्माण अन्तिम चरणमा: लामो अन्योल सकिँदै, सञ्चालनको तयारी
मोबाइल बाड्ने निर्णयको विरोध भएपछि यस्तो आयो विद्यासुन्दरको प्रतिक्रिया
मोबाइल बाड्ने निर्णयको विरोध भएपछि यस्तो आयो विद्यासुन्दरको प्रतिक्रिया
उपसभामुख हटाउने अडानबाट ‘ब्याक’ हुने सत्तापक्षको संकेत
उपसभामुख हटाउने अडानबाट ‘ब्याक’ हुने सत्तापक्षको संकेत

तपाईंले छुटाउनुभयो कि?