सांसदलाइ आइएनजिओको बजेटमा दुईदिने तालिम !

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ २३, २०७५
|
|
५३ पटक हेरिएको
Shares
सांसदलाइ आइएनजिओको बजेटमा दुईदिने तालिम !

सारांश

  • काठमाडौं, २३ जेठ ।
  • संसद् सचिवालयले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)को अनुदानमा सांसदलाई दुईदिने तालिम दिने भएको छ ।
  • बुधबार र बिहीबार सचिवालयले संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा प्रशिक्षण आयोजना गरेको हो ।

काठमाडौं, २३ जेठ । संसद् सचिवालयले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)को अनुदानमा सांसदलाई दुईदिने तालिम दिने भएको छ ।

बुधबार र बिहीबार सचिवालयले संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा प्रशिक्षण आयोजना गरेको हो ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्था (एनजिओरआइएनजिओ) को प्रभावमा संसद् सचिवालयले विगतदेखि नै सांसदहरूलाई तालिम र भ्रमणको नाममा मुलुकभित्र र बाहिर लैजाने गरेको छ । मुलुकको नीति निर्माण गर्ने सर्वोच्च निकायमा समेत एनजिओरआइएनजिओको प्रभाव बढेको भन्दै आलोचना भइरहेका वेला संसद् सचिवालयले दातृ निकायको प्रभाव रोकेको छैन ।

सचिवालयका प्रवक्ता डा भरतराज गौतमले दुईदिने संसदीय प्रक्रियासम्बन्धी जानकारीमूलक कार्यक्रम गर्न लागिएको बताए । उनले भने, ‘यो नियमित प्रक्रिया हो । सांसदहरूलाई जानकारीमूलक प्रशिक्षण दिने अन्तर्राष्ट्रिय अभ्यास हो । विगतमा पनि हामीले गरेका थियौँ ।’

संसद् सचिवालय उच्च स्रोतका अनुसार युएनडिपीले दुईदिने प्रशिक्षणको सम्पूर्ण खर्च बेहोर्ने छ । स्रोतका अनुसार युएनडिपीले खाना, खाजादेखि सांसदहरूलाई भत्तासमेत दिनेछ । विगतका कार्यक्रममा यस्ता राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आकर्षक भत्तासमेत दिने गरेकाले सांसदहरूसमेत लोभिने गरेको सचिवालयका एक अधिकारीले बताए ।

संघीय संसद् सचिवालयअन्तर्गत संसदीय प्रशिक्षण शाखाका उपसचिव रामकुमार पौडेलले दुईदिने प्रशिक्षणमा युएनडिपीको सहकार्य रहेको बताए । उनले भने, ‘यस प्रशिक्षणका लागि युएनडिपीले कति छुट्याएको छ भन्ने हामीलाई थाहा छैन । खर्च भएका आधारमा युएनडिपीले व्यवस्था गर्ला ।’ तर, सांसदहरूलाई भत्ता दिने–नदिनेबारे युएनडिपीले आफूहरूलाई जानकारी नगराएको उनले बताए ।

एनजिओ रआइएनजिओको उद्देश्य के?
संविधानसभादेखि यस्ता एनजिओ आइएनजिओले नेपालको संसद्मा आफ्नो उपस्थिति बढाएको जानकारहरू बताउँछन् ।

एनजिओ र आइएनजिओ खुल्ने क्रम बढेसँगै सरकारी अन्य निकाय तथा मन्त्रालयमा जस्तै संसद्मा समेत प्रवेश गरेको सचिवालयका एक पुराना कर्मचारीले बताए । उनले भने, ‘हामीले नेपालको संविधान निर्माणमा र संसद्मा कानुन निर्माणमा केही न केही योगदान गरेका छौँ भनेर आफ्नो देशमा देखाउन विदेशी संघसंस्थाले प्रभाव जमाएका हुन् ।’ उनका अनुसार संसद् सचिवालयकै कर्मचारीको सहयोगमा यस्ता संघसंस्था संसद्जस्तो ऐन निर्माणको सर्वोच्च संस्थामा हाबी भएका हुन् ।

स्रोतका अनुसार यस्ता संघसंस्थाले नेपालको नीति निर्माणमा समेत प्रभाव पार्दै आएका छन् । ‘मीठोमीठो खुवाएपछि अनि खाममा पैसासमेत हालेर खुसुक्क दिएपछि सांसदहरू मख्खै पर्छन्, अनि मीठोमीठो खुवाउने संघसंस्थाले भनेको नमानेर सुख रु’ स्रोतले भन्यो । युएनडिपीसहित जाइका, ल सोसाइटीलगायत संघसंस्थाले नेपालको संसद्मा प्रभाव जमाएका छन् ।

(https://bestsellerpublishing.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’
एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’
सभामुखमा माओवादी केन्द्रका वरिष्ठ नेता महराको उम्मेदवारी दर्ता
सभामुखमा माओवादी केन्द्रका वरिष्ठ नेता महराको उम्मेदवारी दर्ता
आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने आईएईएको निर्णय
आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने आईएईएको निर्णय
यात्रुलाइ तानातान गर्ने चालकलाई सार्वजनिक मुद्दा
यात्रुलाइ तानातान गर्ने चालकलाई सार्वजनिक मुद्दा
अबैध हाब्रे (Red Panda) को छाला र भालुको पित्त सहित ६ जना पक्राउ !!
अबैध हाब्रे (Red Panda) को छाला र भालुको पित्त सहित ६ जना पक्राउ !!
विप्लवले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने
विप्लवले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने
दशै वटा संसदीय समिति बैठक मङ्गलबार बिहान
दशै वटा संसदीय समिति बैठक मङ्गलबार बिहान
काठमाडौंमा १० जना संक्रमित थपिए, कोरोना परास्त गर्ने व्यक्तिको संख्या १०७
नेप्से परिसूचक सात दशमलव ७९ अङ्कले बढ्यो
नेप्से परिसूचक सात दशमलव ७९ अङ्कले बढ्यो
अजरबैजान विमान दुर्घटना अपडेटः ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार
अजरबैजान विमान दुर्घटना अपडेटः ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार

तपाईंले छुटाउनुभयो कि?