“साईली” गीतको सफलता संगै फिल्म बन्ने भो

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन ८, २०७३
|
|
७३६ पटक हेरिएको
Shares
“साईली” गीतको सफलता संगै फिल्म बन्ने भो

सारांश

  • यतिबेला विश्वभर रहेका नेपालीहरुको मनमा बस्न सफल ‘साइली’ गीतको एल्बम विमोचन गरिएको छ ।
  • काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै युटुबमा गीत भाइरल भएपछि एल्बम सार्वजनिक गरिएको हो ।
  • कलाकार टीका पहारी, संगीतकार न्ह्रयू बज्रचार्यले एकसाथ गीत विमोचन गरेका थिए ।

यतिबेला विश्वभर रहेका नेपालीहरुको मनमा बस्न सफल ‘साइली’ गीतको एल्बम विमोचन गरिएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै युटुबमा गीत भाइरल भएपछि एल्बम सार्वजनिक गरिएको हो । कलाकार टीका पहारी, संगीतकार न्ह्रयू बज्रचार्यले एकसाथ गीत विमोचन गरेका थिए ।

‘साइली’ बोलको गीतको भिडियोलाई अहिले युटुबमा ३७ लाख भन्दा बढी पटक भिडियो हेरिएको छ भने अडियो २५लाख भन्दा बढि हेरिएको छ । कालिप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको यो गीतको अडियो  नै हिट भएको थियो । त्यसको केहि समयपछि भिडियो रिलिज गरिएको थियो ।

भिडियो पनि युटुबमा भाइरल भैरहेको छ । लामो समयपछि, कुनै आधुनिक गीतले युटुबमा यस्तो राम्रो चर्चा पाएको हो । एल्बम विमोचनमा बोल्दै गायक हेमन्त रानाले ‘साइली’को हिरो संगीतकार बास्कोटा रहेको बताए । उनले आफू प्रस्तोता मात्र भएको बताए । कार्यक्रममा गीतका मोडल गौरव पहारी र गायक हेमन्त रानाले संचालनमा ल्याएको जीएच इन्टरटेनमेन्टको पनि औपचारिक घोषणा गरिएको थियो ।

कार्यक्रममा बोल्दै गीतका मोडल तथा जीएच इन्टरटेनमेन्टका संचालकमध्येका एक गौरव पहारीले ‘साइली’माथि चलचित्र बनाउने घोषणा गरे । उनले, सुरुवातमा गीत तयार गर्दा नै चलचित्र बनाउने सोच राखेको र अब गीत हिट भएपछि चलचित्रको काम पनि अगाडि बढ्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको फोहर पुनः लामेआहालमा विसर्जन
पोखराको फोहर पुनः लामेआहालमा विसर्जन
उदयपुर आँखा अस्पताल निर्माणको लागि जापानी राजदुताबास ले दियो ८८ लाख
उदयपुर आँखा अस्पताल निर्माणको लागि जापानी राजदुताबास ले दियो ८८ लाख
प्रभावशाली नेताको प्रभाब आफ्नै गाउँटोलमा कमजोर हेर्नुहोस्/ कहाँ कस्तो अवस्था ..
प्रभावशाली नेताको प्रभाब आफ्नै गाउँटोलमा कमजोर हेर्नुहोस्/ कहाँ कस्तो अवस्था ..
सानेपा हत्याकाण्डः मुनामाथि जाइलाग्दा कुकुर आक्रामक
सानेपा हत्याकाण्डः मुनामाथि जाइलाग्दा कुकुर आक्रामक
आज थपिए १६६ जना कोरोना संक्रमित
आज थपिए १६६ जना कोरोना संक्रमित
आठौँ राष्ट्रिय खेलकूदः२४ तेक्वान्दो खेलाडी छनोट
आठौँ राष्ट्रिय खेलकूदः२४ तेक्वान्दो खेलाडी छनोट
जाजरकोटमा यात्रुबस  दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या २७ पुग्यो
जाजरकोटमा यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या २७ पुग्यो
डीपीएल– २ मा यसरी जोडिए चर्चित गायक प्रमोद खरेल
डीपीएल– २ मा यसरी जोडिए चर्चित गायक प्रमोद खरेल
गृहमन्त्रालयको निर्देशनपछि १९४ सुरक्षाकर्मी फिर्ता
गृहमन्त्रालयको निर्देशनपछि १९४ सुरक्षाकर्मी फिर्ता
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ

तपाईंले छुटाउनुभयो कि?