शरणार्थी प्रकरणका दोषी कोही पनि नछुटुन : गगन थापा

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २७, २०८०
|
|
४९ पटक हेरिएको
Shares
शरणार्थी प्रकरणका दोषी कोही पनि नछुटुन : गगन थापा

सारांश

  • काठमाडौँ ।
  • सांसद गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न जो सुकैलाई कडा कारबाही हुनुपर्ने बताएका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०÷८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सो प्रकरणमा संलग्न व्यक्ति जुनसुकै दल र ओहोदाको भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताए ।

काठमाडौँ । सांसद गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न जो सुकैलाई कडा कारबाही हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०÷८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सो प्रकरणमा संलग्न व्यक्ति जुनसुकै दल र ओहोदाको भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताए ।

बजारको हल्ला र राजनीतिक भेटघाटबाट अनुसन्धान प्रभावित नहोस् भन्दै उनले भने, “अनुसन्धान कहीँकतैबाट प्रभावित नहोस्, निष्पक्ष र स्वतन्त्र होस्, निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस् ।”
नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने मात्र सुशासनको नारा लगाउन सक्ने उनको भनाइ छ । अहिलेको अनुसन्धान प्रक्रियालाई सबैले गहिरोसँग हेरेको जनाउँदै उनले अनुसन्धान निष्पक्ष र स्वतन्त्र भइरहेको छ भन्ने नागरिकलाई विश्वास हुनुपर्ने बताए ।

सांसद थापाले नेपालको अर्थतन्त्रको संरचनात्मक समस्याका कारण केही शिथिलता देखिएको उल्लेख गर्दै राजनीतिक दलले कमजोरी गर्दा अर्थतन्त्र आजको अवस्थामा पुगको बताए ।

“कतिपय नीतिहरु सही भएका छैनन्, केही ठीक काम पनि भएका छन्, ठीक काम गरेकोमा गौरव गरौँ, त्यसको स्वामित्व लिऊ, गलत केही भएका छन् भने त्यसलाई स्वीकर गरौँ र सच्याऔँ”, उनले भने ।

सबैबाट कहीँ न कहीँ कामजोरी भएको छ भनेर कठोर कदम उठाउनुपर्नेमा जोड दिँदै उनले वर्षको बजेटबाट जनतामा विश्वास कायम गर्न सुझाव दिए ।

“सरकारले सुशासन ल्याउँदै छ भन्ने स्थापित गर्न सक्यौँ भने राजनीतिक पुँजी बढ्छ । राजनीतिक पुँजी बढ्यो भने अर्को वर्ष दह्रोसँग कदम चाल्न सकिन्छ र संरचनात्मक समस्या हल गर्ने बाटोमा जान सकिन्छ”, उनले भने ।

बजेटमा व्यवस्था भएका विषय कार्यान्वयन नहुँदा बजेटले लिएको उद्देश्य पूरा हुन नसकेको उनले बताए । सांसद थापाले बजेट प्रस्तुत गर्नुभन्दा केही महिना अगाडि नै बजेटको सिद्धान्त र प्रातामाथि छलफल गर्ने गरी बजेट कार्यतालिका बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
एसियन कप फुटबल छनोटः नेपाल कठिन समूहमा
एसियन कप फुटबल छनोटः नेपाल कठिन समूहमा
बिहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?
बिहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?
दक्षिण कारियाको अपार्टमेन्टमा आगलागी : दुईको मृत्यु २९ घाइते
दक्षिण कारियाको अपार्टमेन्टमा आगलागी : दुईको मृत्यु २९ घाइते
जनकपुर उपमहानगरकी उपमेयर तथा न्यायिक समिति संयोजक नै हिंसापीडित
जनकपुर उपमहानगरकी उपमेयर तथा न्यायिक समिति संयोजक नै हिंसापीडित
काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन तयारी पूरा, कहाँ-कहाँ हुन्छ मतगणना ?
काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन तयारी पूरा, कहाँ-कहाँ हुन्छ मतगणना ?
Deaths of 2 Paralegals Linked to Killing of High-Profile Forensic Psychiatrist
Deaths of 2 Paralegals Linked to Killing of High-Profile Forensic Psychiatrist
दार्चुलामा जीप दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु
दार्चुलामा जीप दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु
सुन पसलमा लुटपाट गर्ने एक जनालाई पेस्तोल सहित प्रहरीले पक्राउ
सुन पसलमा लुटपाट गर्ने एक जनालाई पेस्तोल सहित प्रहरीले पक्राउ
एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ७ उपाध्यक्षका उम्मेदवार सार्वजनिक
एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ७ उपाध्यक्षका उम्मेदवार सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?